आर्थिक बृद्धिदर सरकारी लक्ष्य भन्दा कम हुने मुद्रा कोषको प्रक्षेपण, मुद्रास्फिती ७.५ प्रतिशत रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 03:38:10 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले  नेपालको चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर सरकारको लक्ष्य भन्दा एक प्रतिशत कम हुने प्रक्षेपण गरेको छ । आईएमएफको आठ सदस्सीय टोलीले जनवरी ११ देखि २३ सम्म नेपालको भ्रमण गरेर अर्थमन्त्री, गभर्नर, निजी क्षेत्र लगायतसँग छलफल गरेर आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य दिएको छ ।

आइएमएफले यस अघि नेपालको लागि  पाँच प्रतिशत भन्दा तल मात्र आर्थिक बृद्धिदर प्रक्षेपण गर्दै आएको थियो । तर आईएमएफले यो वर्षको राम्रो मनसुन, कृषि उत्पादनमा वृद्धि, चुस्त मौदि्रक नीति, सरकारी खर्च लाई आधारित मानेर ५.५ प्रतिशत आर्थिक वृद्धिद्धर सम्भव रहेको बताएको हो । 

विकास बजेट खर्च नहुनुलाई यसको मुख्य चुनौतीका रुपमा औल्याएको छ । उसले सरकारले बजेट खर्चमा दृढता दिन्छ भन्ने विश्वासका आधारमा यो प्रक्षेपण गरेको समेत प्रष्ट पारेको छ ।  मुद्रास्फिती भने सरकारले भने बमोजिम साढे सात प्रतिशत नै कायम हुने प्रक्षेपण गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved