‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा २ अर्ब ६० करोड बराबरको प्रतिबद्धता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 02:44:42 AM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ । 

ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ । 

स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयका अनुसार २५ हजार २०१ जनाले दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् । संस्थागत रुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved