मापदण्ड तोकेर ४१ ब्रोकरलाई देशका बिभिन्न भागमा शाखा खोल्ने अनुमति (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 04:46:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शेयर बजारलाई थप विस्तार गर्ने उदेश्यले  ४१ सेयर दलाललाई देशका बिभिन्न भागमा शाखा खोल्ने अनुमति दिएको छ । नेप्सेले आफुले तोकेको मापदण्ड पुरा गरेका दलालहरुलाई उनीहरुले नै माग गरेको स्थानमा जान अनुमति दिएको हो । जस अनुसार ४१ सेयर दलाललाई देशका विभिन्न १७ शहरमा कार्यालय स्थापना गरी सेयर कारोबार गर्न अनुमति दिईएको छ । स्टक ब्रोकर एशोसियशनसँगको समन्वयमा नेप्सेले पछिल्लो निर्णय गरेको हो ।

के के हुन् मापदण्ड ?

नेप्सेले तत्कालका लागि एक करोड रुपैयाँ नेटवर्थ भएको धितोपत्र दलाल व्यवसायीलाई मात्र शाखा अर्थात रीर्मोट वर्क स्टेशन खोल्न दिने भएको छ । ति कम्पनीहरुले २०७४ असार मसान्त सम्ममा चुक्तापुँजी २ करोड पुर्याउनु पर्ने  छ । 

शाखा कार्यलयमा. कम्तीमा तीन थान कम्पुटर र त्यसका लागि पावर ब्याकअप भएको हुनुपर्ने छ। कम्तीमा पनि ४०० वर्ग फिटको स्थान हुनुपर्ने छ भने कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने शर्त रहेको छ ।

त्यस्तै इमेल, इन्टरनेट, इन्ट्रानेट तथा सिसीटिभी जस्ता पूर्वाधारहरुको व्यवस्था हुनुपर्ने छ । कार्यालयका लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने छ  ।

त्यस्तै कारोबार गर्ने कम्प्यूटरमा कम्तिमा १०० Megabits (Fast Ethernet) Network को प्रयोग तथा Operating System Windows 7 वा त्यस भन्दा आधुनिक हुनुपर्ने छ । नेटवर्कको लागि Manageable Network Switch प्रयोग गर्नुपर्ने र HUB प्रयोग गर्न नपाउने  शर्त पनि नेप्सेले अघि सारेको छ ।Backup Network Link पनि अनिवार्य हुनु पर्ने छ ।

नेप्सेले जनशक्ति व्यवस्थाको लागि पनि मापदण्ड तोकेको छ  । जस अनुसार वाणिज्यशास्त्र वा अर्थशास्त्रमा कम्तिमा स्नातक वा चाटर्ड एकाउन्टेन्सी उतीर्ण गरेको व्यक्ति
शाखा प्रमुख हुनुपर्ने र तीन जना अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने छ ।

मुख्य कार्यालयमा शाखाको कार्य हेर्नको लागि कम्पनी सचिव/ब्रान्च कोअर्डिनेटर/ कम्पलायन्स अफिसर र  सूचना प्रविधि हेर्ने कर्मचारीको व्यवस्था हुनु पर्ने छ ।

जनशक्ति व्यवस्था
क. वाणिज्यशास्त्र वा अर्थशास्त्रमा कम्तिमा स्नातक वा चाटर्ड एकाउन्टेन्सी उतीर्ण गरेको व्यक्ति Remote Work Station  प्रमुख हुनुपर्ने र तीन जना अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने ।
ख. मुख्य कार्यालयमा शाखाको कार्य हेर्नको लागि कम्पनी सचिव÷ब्रान्च कोअर्डिनेटर÷ कम्पलायन्स अफिसरको व्यवस्था हुनु पर्ने ।
ग. मुख्य कार्यालयमा सूचना प्रविधि हेर्ने कर्मचारीको व्यवस्था हुनु पर्ने ।
 

जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था  
क. प्रत्येक शाखा कार्यालय वा RWS  ले काठमान्डौमा उपलब्ध मुख्य कार्यालयले व्यवस्था गरेको  deposit आधारमा कारोबारको limit प्राप्त गर्नु पर्ने छ । 
ख. धितोपत्र दालाल व्यवसायीको कारोबारका लागि व्यवस्था भएका सबै नीति नियम शाखा कार्यालय वा च्ध्क् लाई समेत लागू हुने छ ।
ग. मुख्य कार्यालयले शाखा कार्यालय वा RWS संचालन र व्यवस्थापन सम्बन्धमा एक कार्यविधि बनाई लागू गर्नुपर्ने र सो कार्यविधि अनिवार्य रुपमा नेप्सेमा उपलब्ध गराउनुपर्ने छ । 
 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved