सत्तारुढ दल र मोर्चाबीचको बैठक सकियो, पुरानै अडानमा मोर्चा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 07:05:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सांझ बसेको बैठकमा सहभागी मोर्चाका नेताहरुले सबिधान संसोधनको ठोस कार्यनीति पछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन। 

संबिधान संसोधनको मुद्दा नटुंगिए सम्म निर्वाचनमा सहभागी हुन नसक्ने मोर्चाले पुरानै अडान दोहोर्याएको छ। यससंगै मोर्चालाई मनाउने प्रधानमन्त्री दाहालको प्रयास पुन असफल भएको छ। 

पटक पटक बसेको मोर्चा र सत्तारुढबीचको बैठक आज पनि असफल भएको छ। नेताहरु भने सहमतिका लागि निरन्तर प्रयास राख्ने पुरानै भनाई दोहोर्याएका छन। 

मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन र स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनका विषयमा छलफल केन्द्रित रहेको बैठकमा सहभागी नेताले जनाएका छन। 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठी लगायतको सहभागिता रह्यो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved