'किन किन तिम्रो तस्बिर', ‘तिरिरी मुरली बज्यो’ का गायक पन्नाकाजीको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 09:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

गायक पन्नाकाजी शाक्यको निधन भएको छ । लामो सयमयदेखि अस्वस्थ रहेका गायक शाक्यको बुधबार  बिहान आफ्नै निवास टेकुमा निधन भएको हो ।

 १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका उनले २००४ सालदेख गीत गाउन थालेका थिए । २००७  सालमा रेडियो नेपाल प्रवेश गरेका उनले त्यहाँ २०१४ सालसम्म काम गरे। २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै उनले स्वर्ण पदक पनि जितेका थिए । त्यस प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए  । 

उनको  तिरिरी मुरली बज्यो वनैमा, किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ लगायत गीत निकै चर्चित छन् । उनले ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् ।  

 उनका चार छोरा र एक छोरी छन् । उनको आज नै अन्त्यष्टि गरिने पारिवारिक श्रोतले बताएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved