ट्याङ्करबाट तेल चोरी गर्दागर्दै चालक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 11:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुईवटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ । 

भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित सत्यम् आयल निगममा चालकले पेट्रोल दिनुपर्ने वीरगन्ज आयल निगमको रेकर्ड देखिएको थियो ।

तर ना २ ख ३८२४ नंको तेल ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका मुर्ली निवासी शम्भु पाण्डेले सिल तोडी चोरी गरी वीरगन्ज गण्डकस्थित एक पेट्रोल पम्पमा तेल दिइरहेको बखतमा मंगलबार पक्राउ परेका हुन् । 

त्यसैगरी, ना २ ख ३८२३ नंका ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका बहुअरी-१ निवासी मुकेशकुमार कुर्मीले पनि भारतको रक्सौलबाट पेट्रोल लोड गरी बाराको बधवन पम्पमा तेल झार्नुपर्ने देखिए पनि बाराको रिजर्भ आयल निगममा चोरी गरी पेट्रोल झार्दा पर्सा प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुबाट प्रहरीले सिल लागेको सिलबन्दी तोड्ने र तेल राख्ने सामग्री पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved