प्रिमियर ईन्स्योरेन्सले गर्यो एफपिओको मूल्य निर्धारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 01:28:19 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले निष्काशन गर्न लागेको नयाँ शेयर (फर्दर पब्लिक अफर)को मूल्य निर्धारण गरेको छ ।  कम्पनीले ६ लाख ९५  हजार ५ सय ६५ कित्ता निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले साधारण शेयरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँमा ९ सय ४ रुपियाँ प्रिमियम थप गरी १ हजार ४ रुपियाँमा एफपिओ निष्काशन गर्ने छ ।

कम्पनीले अहिले तयार पारिएको प्रक्षेपित विवरण तथा वासतविक विवरणमा २० प्रतिशत भन्दा बढी बिचलन देखिएमा त्यसको कारण सहित सूचना सार्बजनिक गर्ने प्रतिबद्दता समेत जाहेर गरेको छ ।  

एफपीओ निष्काशनपश्चात कम्पनीमा संस्थापक तथा सर्वसाधारण तर्फको शेयर अनुपात ५१ः४९ कायम रहने छ। प्रिमियम वापत प्राप्त रकम कम्पनीको जगेडा कोषमा जाने छ। भविष्यमा कम्पनीको पूंजी बृद्धि गर्नुपर्ने अवस्थामा प्रचलित कानुन अनुसार सो रकमबाट राम्रो अंकको बोनस शेयर जारि गर्न सक्ने अपेक्षा गरिएको छ। 

एफपिओ निष्काशन  लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved