सांसद प्रधानको विरोधका बिच काठमाडौँ भ्यु टावर निर्माण सुरु, १२ तले बन्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 12:05:02 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ क्षेत्र नम्बर ६ का सांसद भीमसेन दास प्रधानले कुनै हालतमा बनाउन नदिने भनी सार्बजनिक घोषणा गरेको काठमाडौँ भ्यु टावर अन्तत: निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले निर्माण गर्न लागेको उक्त टावर लामो समयको गलफत्तीपछि निर्माण हुन् लागेको हो । 

नेपाली कांग्रेसका नेता तथा सांसद प्रधानले उक्त टावर कुनै पनि हालतमा बन्न नदिने बताउदै आएका थिए । बिजपाटीसंग्फको कुराकानीमा समेत प्रधानले उक्त टावर कसैले बनाउन लागे आफुले भत्काउने बताएका थिए । स्थानीयका घर भत्काएर ब्यापारीका टावर निर्माण गर्ने काम जन हित बिपरित रहेको उनको दाबी थियो । 

तर महानगर र निर्माण कम्पनीबिचको खिचातानिको अन्त्य भएसंगै उक्त टावर निर्माण प्रक्रिया सुरु भएको छ । गत सालको महाभूकम्प जानु अगाडी नै २९ तलको भ्यु टावर बनाउने सहमति भए पनि भूकम्पपछि भने १२ तलको बनाउन लागिएको निर्माण पक्षले जानकारी दिएको छ ।

पुरानो बस पार्कमा रहेको २४ रोपनी जग्गामा उक्त टावर निर्माण गर्न लागिएको हो । सोहिका क्षेत्रका जन प्रतिनिधि समेत रहेका सांसद प्रधानले भने पुरानो बसपार्कमा टावर निर्माण गर्दा खाली ठाउको अभाव हुने र त्यहा गहिरा खाडल खन्दा स्थानीयका घर जोखिममा पर्ने बताउदै आएका थिए ।

यसका बाबजुद महानगर र निर्माण कम्पनीको सहमतिमा उक्त टावर निर्माण सुरु भई सकेको छ । यसैबिच उक्त टावर निर्माणको विरोध गरिरहेका सांसद प्रधानसंग बिजपाटीले प्रतिक्रिया लिन खोज्दा उनी उपलब्ध भएनन् । 

यो पनि : राज्यले बलजफ्ती गरेर भ्यु टावर बनायो भने जनताले भत्काईदिन्छन्, यसमा गगन थापाको साथ छ 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved