प्रधानमन्त्री दाहालले गरे कुलमानको प्रशंसा, भने-'विश्वासलाई व्यवहारमा उतारे'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 05:34:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला केहि बर्ष यता कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको बताएका छन।

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले कुलमान घिसिङजीको क्षमता र इमान्दारितालाई आफुले विगत एक–दुई वर्षयता नजिकबाट हेरिरहेको र जिम्मेवारी दिन उचित मौकाको खोजीमा रहेको बताए। 

कुलमानलाई विश्वास गरेर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएको बताउदै आफ्नो बिस्वाशलाई उनले व्यवहारमा उतारेको प्रधानमन्त्री दाहालले बताएका छन।   

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा (माओवादी–क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कपिल लामा, नेकपा एमालेका सांसद शेरबहादुर तामाङ, सोनाम ल्होसार मुल आयोजक समितिका संयोजक मोहन गोले लगायतको उपस्तिथी रहेको थियो।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved