नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 12:50:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा (मसाल) का अध्यक्ष मोहन बिक्रम सिंहलाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।


आइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंहलाई भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।

सुगर, फोक्सोमा पानी लगायतका समस्याका कारण विगत चार दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत ८१ वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा राम्रो सुधार आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved