नेप्सेमा एकैदिन दिन डेढ करोड बढी कित्ता शेयर सुचिकृत, हेर्नुस कुन कम्पनीको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2017 | 03:35:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्जमा एकै दिन डेढ करोड बढी कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज मंगलबार पाँच कम्पनीको एक करोड ६७ लाख ९६ हजार एक सय ६४ कित्ता शेयर सुचिकृत भएका छन् । 

 मंगलबार नेप्सेमा प्राइम कमर्शियल बैंकको १  करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद, सुर्या लाइफ इन्स्योरेन्सको  १२ लाख ५० हजार कित्ता हकप्रद सुचिकृत भएको छ । त्यस्तै सिन्धु विकास बैंकको १२ लाख नौ हजार तीन सय ७५ कित्ता हकप्रद तथा दुई लाख तीन हजार एक सय ७५ कित्ता बोनस सेयर सुचिकृत भएको छ । 

आज नै लक्ष्मी लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर र  तिनाउ डेभलपमेण्ट बैंकको ६  लाख ८२ हजार सात सय ४० कित्ता बोनस सेयर सुचिकृत भएको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved