सर्बाधिक पुरस्कार राशीको 'धनगढी प्रिमियर लिग' लाइभ हेर्न पाइने, प्रतियोगिताले सहप्रायोजक पनि पायो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2017 | 04:13:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्बाधिक पुरस्कार राशीको 'धनगढी प्रिमियर लिग' टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने भएको छ । आज मंगलबार आयोजक र डिशहोमबिच दुईपक्षीय सम्झौता भएको हो। सम्झौताअनुसार डिस होमले ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ क्रिकेट प्रतियोगिताको सम्पूर्ण खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालको एकमात्र स्पोर्टस् च्यानल डिशहोम स्पोर्टस् च्यानलले  प्रतियोगिताको  प्रत्यक्ष प्रशारण गर्ने भएको हो । डिशहोम स्पोर्टस् च्यानलले  यहि माघ २० गते देखि सिमरामा सञ्चालन हुने ‘रसलान सिमरा गोल्ड कप’ फुुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गर्ने  छ ।

त्यस्तै  'धनगढी प्रिमियर लिग'  प्रतियोगिताले सहप्रायोजक पाएको छ ।  जगशक्ति टिएमटी बार प्रतियोगिताको सह प्रायोजक बनेको हो । यसमा आज मंगलबार  सम्झौतामा भएको हो । सम्झौता अनुसार सहप्रायोजकवापत जगशक्तिले डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई ७ लाख रुपैयाँ प्रदान गर्नेछ ।   

धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएको संयुक्त आयोजनामा हुन् लागेको यस प्रतियोगितामा ६ टोली रहने छन्। चैत ५ गतेदेखि सुरु हुने यस टि २० प्रतियोगिता धनगढीमा खेलाइने छ । 

यस्ता छन् टिम र कप्तान 

१. सीवाईसी अत्तरिया (ज्ञानेन्द्र मल्ल)
२. बिराटनगर किंग्स (सरद भेषावकर )
३. काठमाडौँ गोल्डेन्स (वसन्त रेग्मी )
४. रुपन्देही च्यालेन्जर्स (शक्ति गौचन )
५. कंचनपुर आइकोनिक (बिनोद भण्डारी)
६. टिम चौराहा धनगढी (पारस खड्का)

१ करोड ६० लाख लागतमा हुन् लागेको प्रतियोगिताको बिजेताले १५ लाख पाउने छ भने उप बिजेताले ७ लाख पाउने छ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार, म्यान अफ द सिरिजले मोटरबाइक पाउने आयोजकले जनाएको छ । 
 

दर्शकले ५० मा टिकट खरिद गर्न सक्ने छन्  ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved