युनिक फाइनान्स खरिद गर्दै सिभिल बैंक,चुक्ता पूँजी ५ अर्ब नाघ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2016 | 06:12:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ। फाइनान्स खरिद गर्ने सम्झौतापत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोद बहादुर खत्रीले हस्ताक्षर गरेका छन। 

२३ करोड चुक्ता पुंजी रहेको युनिक फाइनान्स खरिद पछि बैंकको नाम सिभिल बैंक नै रहने र संचालक समिति एवं उच्च व्यवस्थापन यथावत रहने  जनाएको छ । इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीसंग मर्ज प्रक्रियामा रहेको बैंकको चुक्ता पुंजी अब ५ अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ। 

आएलएफसीसंग मर्ज रहंदाको अवस्थामा युनिक फाइनान्स खरिद पछि बैंकको व्यवसाय क्षमतामा वृद्धि भई ठुलो परियोजनाहरुमा थप लगानी बधुना सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए। 

राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी पुर्याउन अन्य वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने प्रक्रियालाई अगाडी बढाउने तथा बोनस शेयर र हकप्रद जारी गर्ने बैंकको योजना रहेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved