पुर्व राष्ट्रपति यादवको स्वास्थ्य सम्बन्धमा गलत हल्ला फिंजाउनेलाई कारबाही गर्ने चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 10:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रेस काउन्सिलले पुर्व राष्ट्रपति डा राम बरण यादवको निधनको भ्रामक खबर सम्प्रेषण गर्ने अनलाइन माथि कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिल सदस्य किशोर श्रेष्ठले यादवको स्वास्थ्यसम्बन्धमा फिंजाइएका अप्रिय सूचना निरर्थक भएको पुष्टि गर्दै तुरन्त माफी माग्रे त्यस्ता समाचार हटाउन या कारबाही भोग्न तयार रहन चेतावनी दिएका हुन्  । 

श्रेष्ठले भनेका छन् ' मेरो भर्खर उहाँसँग कुरा भएको छ । जापान र अमेरिकामा गरिएको पेटसम्बन्धी उपचारको सामान्य प्रतिक्रिया मात्रै हो जुन उमेरअनुसार देखा पर्नु अस्वाभाविक हुँदैन । बरु यस्ता हल्लाले उहाँको स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकहरुलाई अझै निरन्तर निकट रहिरहन मद्दत नै पुर्याउने छ ।' श्रेष्ठले आफ्नो हालखवरप्रति चासो राख्ने सबैमा पूर्व राष्ट्रपति यादवले आभार प्रकट गरेको समेत जानकारी दिएका छन् । 


श्रेष्ठले ब्रेकिंग न्युजको नाममा जिउँदो मानिसलाई मार्ने काम नगरौं भन्दै पत्रकारहरुलाई समेत सचेत गराएका छन् । 

बिहिबार केहि अनलाइनहरुले डा यादव उपचाररत अस्पतालले बिज्ञप्ति निकालेको भन्दै अफवाह खबरहरु प्रकाशित गरेका थिए  । 

बिहिबार भाइरल भएको एउटा भ्रामक समाचार 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved