प्रभु बैंकको एक्स्टेन्सन काउन्टर तिलगंगा आँखा अस्पताल परिसरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2016 | 06:39:29 PM मा प्रकाशित

laxmi  sunrise bank

गौशाला स्थित तिलगंगा अस्पताल परिसरमा प्रभु बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याउने भएको छ। अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर संचालनका लागी आवश्यक तयारी पुरा भएको बैंकले जनाएको छ। 

उक्त क्षेत्रमा बैंकको एक्सटेन्सन काउन्टर संचालनमा आए पश्चात अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पताललाई बुझाउनु पर्ने रकम बैंकको एक्स्टेन्सन काउन्टरमा बुझाई उपचार सेवा लिन सहज हुने भएको छ।

अस्पताल संचालन हुने प्रत्येक दिन बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म बैंकले सेवा उपलब्ध गराउने छ। निक्षेप संकलन तथा नगद भुक्तानीका साथै सेवाग्राहीहरुले छिटो छरितो एवं व्यवस्थित रुपमा शुल्क भुक्तानी गरी उपचार सेवा लिन सक्ने बैंकले जनाएको छ। 

सो क्षेत्रमा एक्सटेन्सन काउन्टर संचालनपछी तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर तथा सम्पूर्ण कर्मचारीहरुले कार्यस्थलमै बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकको बिश्वास छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved