चितवन पुगेर प्रधानमन्त्रीले खोले निर्बाचनको मिति नतोकिनुको कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 02:29:48 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख वा जेठमा निर्वाचन हुने बताउँदै मिति भने मधेशी मोर्चासहित अन्य दलहरुसँगको सहमतिपछि मात्र तय गरिने बताए।


मन्त्रीपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिएको भन्दै उहाँले यो नै मिति तोक्नु सरह भएको बताए । प्रधानमन्त्रीले भने, “मधेशी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु छ, त्यसका निम्ति मात्रै प्राविधिक रुपमा गते नभनिएको हो ।” उनले थपे “सबै नेपाली जनताले बुझिसकेको कुरा छ कि चुनाव बैशाख वा जेठभित्रै हुन्छ ।” संविधान संशोधन विधयक पारित गराउने पहिलो कोशिश हुने भन्दै उनले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्काे प्रयास थालिने बताए ।


स्थानीय तहसम्बन्धी सम्पूर्ण ऐन बनिसकेको भन्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने कुनै ऐन बन्न बाँकी नभएको बताए  । थ्रेसहोल्ड सम्बन्धी ऐन अहिले भर्खर आवश्यक नरहेको प्रधानमन्त्रीको भनाई थियो । स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनमाथि कार्यदल बनाएर मन्त्रीपरिषद्ले १५ दिनको समय समेत दिइसकेको पनि प्रधानमन्त्रीले बताए  । उनले सोही रिपोर्टका लागि दुई हप्ता सदन स्थगित गरिएको स्पष्ट पारे । तहको निर्वाचन भन्नेमा कुनै शंका नरहेको भन्दै प्रधानमन्त्रीले तह सम्बन्धी ऐन बनेर पारित भइसकेको बताए ।


नेकपा एमालेले निर्वाचन गर्न नसके सरकार छोड्नुपर्ने बताइरहको छ नि भन्ने भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, “मैले निर्वाचन गर्ने प्रतिबद्धता मात्रै होइन, प्रक्रिया नै अगाडि बढाईसकेको छु, तयारी अगाडि बढिसकेको छ । यो अवस्थामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनुको सट्टा सरकारलाई सहयोग गर्न मैले प्रतिपक्षलाई अपिल गरिरहेको छु ।”


प्रधानमन्त्री प्रचण्डले थपे, “तपाईले हिजो मात्रै देख्नुभो, स्वच्छ, निष्पक्ष, धाँधलीरहित, पारदर्शी र मितव्ययी बनाउन लागि भोटिङ मेसिनको प्रयोग गर्ने प्रक्रियाको आन्दोलनमा सहभागी सबै दलहरु सहभागी भएका छन् । त्यो प्रक्रिया अगाडि बढेको छ ।” सरकार कमजोर नरहेको भन्दै उनले अझ बलियो बनेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved