अब हुने निर्वाचनमा नेपाली भोटिङ् मेशिन नै प्रयोग गर्न माग, यस्ता छन् बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 10:16:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली प्रविधि अनुशन्धानकर्ता रामलक्ष्मण रिमालले नेपालमा हुने आगामी निर्वाचनमा स्वदेशमै बनेको नेपाली भोटिङ् मेशिनलाई प्रयोग गर्न सरकारसामू आग्रह गरेका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले आफूहरुले निर्माण गरेको मेसिनले नेपालमा सबै प्रकारको निर्वाचन गराउन सक्ने दाबी गरेका छन्।

उनीहरुले यसअघि आफूहरुको मेशिनमार्फत नेपालमा ५२ वटा निर्वाचन सम्पन्न गराईसकेको समेत जनाए।

अनुशन्धानकर्ता राम रिमालले भने,‘हामीले विगत ७ बर्षदेखी नेपालमाहुने मतदान प्रकृयालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनको लागि हाम्रो आवश्यकता अनुसारको विद्युतीय मतदान यन्त्र नेपालमै उत्पादन गरी आजको दिनसम्ममा ५० औं अति कठिन निर्वाचन समेत सम्पन्न गरिसकेको कुरा जानकारी गराउँदछौं।’

हिजो मंगलबार निर्वाचन आयोगको कार्यालयमा विदेशी भोटिङ् मेशिनको उपकरणको प्रयोगबारे प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेताहरुसँग अन्तरक्रिया कार्यक्रम गरेका भोलिपल्टै आज उनीहरुले पत्रकार सम्मेलन गरेर यस्तो कुरा राखेका हुन्।

कार्यक्रममा ईन्जिनियर डा. नन्द विक्रम अधिकारीले गरि खाने युवाहरुलाई राज्यले बेवास्ता गरेका गुनासो पोखे। स्वदेशमै उत्पादन भएका यस्ता विश्वबजारमा प्रतिपष्र्धा गर्न लायक मेशिनहरुको उपयोग गर्न छोडेर विदेशी मेशिन भित्र्याउन खोज्नु गलत भएको उनको टिप्पणी थियो। उनले भने,‘हाम्रो देशका युवाहरु विरामी देशलाई नै उपचार गर्ने अभियानमा हुनुहुन्छ, उहाँहरुलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै निरुत्साहित पार्ने काम गरिरहेको छ।’

उनले आजको युगमा नेपाली अनुशन्धानकर्ताले निर्माण गरेको यो भोटिङ संसारका अन्य विकसित मुलुकमा निर्माण भएका मेशिनहरुभन्दा कम नभएको जिकिर गरे।

त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनले नेपाली युवाहरुको क्षमता असाधारण क्षमता भएको उल्लेख गर्दै भने,‘नेपाली युवाहरुमा आविष्कार, प्रविधि लगायत अन्य क्षेत्रमा असधारण क्षमता छ, तर उनीहरुको क्षमतालाई राज्यले उचित मुल्यांकन गरेनन्, यसको शिकार त म आँफैपनि भएको छु।’

पूनले नेपाली मेशिन स्वदेशमा कुनै कारणले प्रयोग नगरिए पनि भोलिका दिनमा यसले विश्व बजारमा आफ्नो उपस्थिति दरिलो बनाउने दाबी गरे।

फरक प्रसँगमा उनले आफू नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नको लागि आगामी एक वर्षसम्मका लागि महादान अभियानमा माँग्ने भएर हिँडेको बताउँदै माँग्नेको विल्ला तत्काल हटाउनको लागि आफू प्रयासरत भएको जनाए।


नेपाली प्रविधि अनुसन्धानकर्ता रामलक्ष्मण रिमाल र केवि भण्डारीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीको पूर्ण पाठ :

प्रेस विज्ञप्ति मिति : २०७३।१०।२६

अनुसन्धानकर्ता रामलक्ष्मण रिमाल र केवि भण्डारी “मलाई त :Made In Nepal मै गर्व छ”भन्ने नारा लिएर विगत १५ बर्षदेखी नेपालमा विभिन्न प्रविधिहरुको विकाश गरी प्रविधिको पहुँचआम सर्वसाधारणमा पुर्याउन तल्लिन रहेका छन्।

पानी चढाउने र बन्दगर्ने स्वचालित प्रणालीबाट वि.सं २०५७ सालबाट प्रविधिको क्षेत्रमाप्रवेश गरेका हामी कम्युनिटी साइरन प्रविधि, सुरक्षाका उपकरणहरु, जिपिएस, विद्युत लोडसेडिङ न्यूनिकरणको लागि Supply Side Management System, Wireless Signal Bomb Jammer, Automatic Bus Location Announcement System, Smart Card Based Tracking लगायतका दर्जनौ प्रविधि विकाश गरी कतिपय प्रविधिहरुको पेटेन्ट अधिकार समेत प्राप्त गरिसकेका छौं ।

हामीले विगत ७ बर्षदेखी नेपालमा हुने मतदान प्रकृयालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनको लागि हाम्रो आवश्यकता अनुसारको विद्युतीय मतदान यन्त्र नेपाल मै उत्पादन गरी आजको दिनसम्ममा ५० औं अति कठिन निर्वाचन समेत सम्पन्नगरिसकेको कुरा जानकारी गराउँदछौं ।

एउटै मेशिनको प्रयोगले ६०० उम्मेद्वार मद्येबाट १०० भन्दा बढि चयन गर्नुपर्ने खालका निर्वाचन देखि लिएर क्षेत्रगत, समानुपातिक सम्मका निर्वाचनहरु सम्पन्न गरिसकेको लाखौं मतको अनुभव पनि हामीसँग छ। यति हुँदाहुँदै पनि निर्वाचन आयोगले हाम्रो पूर्वाधार र जनचेतनाको पर्वाहै नगरी एकाएक कैयौं गुणा महंगो बिदेशी मेशिनको प्रयोग गर्नको लागि प्रदर्शन गर्दा स्वदेशी प्रविधिलाई लत्याइएको महशुस भएको छ । व्यवसायको मात्र ध्येय नभइ देशको लागि तयार गरिएको यस प्रविधि यदि नेपाल सरकारले चाहन्छ भने निःशुल्क रुपमा प्रविधि हस्तान्तरण गर्न समेत तत्पर रहेको कुरा यहाँहरु संपूर्ण मार्फत हामी आह्वान गर्न चाहन्छौं ।

हालसम्म यस मेशिनबाट सम्पन्न भएका केही प्रमुख निर्वाचनहरुः

नेकपा एमाले संसदीय दलको नेता चयन पकृयामा भएको निर्वाचन
नेकपा एमाले कास्कि जिल्ला अधिवेसन
राप्रपा नेपालको प्रथम महाधिवेसन
एनआरएनको अन्तराष्ट्रिय सम्मेलन २०१४
नेपाल जेसिजको दुइ वटा महाधिवेसन
नेपाली कांग्रेस संसदीय कार्यसमिति
नेपाल विद्यार्थी संघ महाधिवेसन
नेपाल महिला संघ महाधिवेसन
नेपाल औषधि व्यवसायी संघ अधिवेसन लगायत ५० भन्दा बढि निर्वाचनहरु

नेपालमा बनेको विद्युतीय मतदान उपकरणका केहि विशेषताहरु :

 यो प्रविधिको प्रमुख विशेषता भनेको हाम्रो परंपरागत निर्वाचन प्रकृयालाई जस्ताको तस्तै राखी विद्युतीय मतपत्र तयार पारिनु हो । आजसम्मको निर्वाचनमा प्रयोग भएको स्वस्तिक छापलाई विद्युतीय ढाँचामा तयार गरिएकोले मतदाता शिक्षामा अरबौं खर्च गर्नु पर्दैन । यो प्रविधि नेपाली निर्वाचन प्रकृया, आममतदाताको ज्ञान, मतदान अधिकृतको क्षमता आदिलाई समेत आधार गरेर विकाश गरिएको हुनाले सामान्य ज्ञानबाट पनि यसको संचालन गर्न सकिन्छ ।

 यो मेशिन हामी कहाँ हुने हरेक प्रकारको निर्वाचन प्रकृयाको लागि उपयुक्त छ । संसदीय निर्वाचन पद्धती जहाँ प्रत्यक्ष र समानुपातिक गरी २ स्थानमा मतदान गर्नुपर्ने हुन्छ त्यस्तै स्थानीय निर्वाचनमा एकै मतपत्रमा ७ मत दिनुपर्ने अवस्थामा पनि यसको प्रयोग गर्न सकिन्छ जुन कुरा बिदेशमा बनेको मेशिनबाट गर्न चुनौतीपूर्ण रहन्छ ।

 मतदाताले लगाएको छापको निश्चितताको लागि भोट लगाउना साथ तपाईको मतदान सफल भयो भन्ने आवाज सहित ३ सेकेण्ड सम्म आफूले लगाएको छापको चिन्हको देखिने र मत दिइसकेपछिे प्रिन्ट्रिङ मेशिनबाट चिन्ह सहित मतदान गरिएको रेकर्ड समेत प्रिन्ट हुने ख्ख्एब्त्९ख्यतभच ख्बचषष्भम एबउभच ब्गमष्त त्चबष्०ि जडित हुनाले मेशिनको विश्वसनीयतामा कुनै शंका रहँदैन ।

 यस प्रविधिमा मतदान गर्दा मत बदरको संभावना शुन्य प्रतिशत रहन्छ ।

 हाम्रो देशमा पार्टी दर्ताको क्रम हेर्दा उम्मेद्वारको संख्या उल्लेख्य हुने अवस्थालाई मध्यनजर गर्दै यस प्रविधिमा न्यूनतम १९६ उम्मेद्वार र विशेष अवस्थामा ८०० उम्मेद्वार सम्म समेट्न सकिन्छ ।

 यो प्रविधिमापुनचार्ज गर्न सकिने NIMh  व्याट्री प्रयोग गरिएको छ तथा बजारमा पाईने साधारण व्याट्री, मोटर मोटरसाइकलका व्याट्री तथा सोलार पावर समेत प्रयोग गरी संचालन गर्न सकिन्छ ।

 विश्व स्तरका अकिकांश भोटिङ मेशिनहरुमा दृष्टिबिहिनहरुका लागि ब्रेल लिपी रहने गरेको छ, हाम्रो देशको परिवेश हेर्दा   ब्रेल साक्षर दृष्टिबिहिनहरुको बाहुल्यता नरहेको स्थितीमा ब्रेलका साथै छामेर कोठा छुट्याउन सक्ने र चिन्हपहिचानको लागिआवाज सहितकोे विशेषता विद्युतीय मतपत्र युनिटमा गरिएको छ ।

 निर्वाचनको तथ्यांक ज्यादै संबेदनशील हुने भएकाले यस प्रविधिमा एकभन्दा बढि स्थानमा यसको डाटा रहने व्यवस्था गरिएको छ। जसले गर्दा कथं कदाचित मतदान पछि मतगणनाको समय सम्ममा कसैले कुनै उपकरणमा क्षती पुर्याएमा समेत यसलाई विभिन्न स्थानमा व्याकअपको रुपमा प्रयोग गर्न सकिन्छ।

 यस प्रविधिमा निकट भविष्यमा आउन सक्ने मतदाता कार्ड तथा फिंगरप्रिन्ट समेतलाई समेट्न सकिने प्रावधान गरिएको छ ।

 यो उपकरण नेपालमै विकाश गरीएको हो, मूल्यको दृष्टिले यो मेशिनको मुल्य नेपाली रुपैया १ लाखभन्दा कम पर्दछ जसबाट बर्षौंसम्म एउटा मतदान स्थलको मतदान गर्न सकिन्छ ।

 यो प्रविधिमा हरेक भोटमा समय सहितको क्तबmउ आउने भएकोले फर्जि मतको संभावना शुन्य रहन्छ भने भविष्यमा पर्नसक्ने कानुनी प्रावधानलाई पनि यसले संबोधन गर्दछ ।

 आज विश्वका भोटिङ मेशिन प्रविधिहरुमा सुरक्षाको दृष्टिबाट दोहोरो प्रमाणीकरणको लागि Vv\PAt\ (Voter Verified Paper Audit Trali)  को अवधारणा विकाश भइरहेको परिप्रेक्षमा यस प्रविधिमा यसको प्रावधान राखिएको छ जसले गर्दा यन्त्रको विश्वसनीयतालाई कुनै बाहिरी जाँचको जरुरी पर्दैन ।

 सुरक्षाको दृष्टीबाट यो मेशिन Qmainless Qmeel बाट बनेको छ त्यस्तै जडान भएका तारहरुमा सबै Qmainless Qmeel Armored Cable प्रयोग भएकोले भौतिक रुपमा कसैले क्षती गर्न समेत गाह्रो छ ।
यी र यसका अलाबा विद्युतीय मतदान यन्त्रमा आवश्यक पर्ने अत्यावश्यक सुरक्षाका कुराहरुलाई समेटी यो प्रविधि विकाश गरिएको छौं।

प्रविधि अनुसन्धानकर्ताः रामलक्ष्मण तथा के.बि. भण्डारी ९८०२०००४५६ (राम) ९८५१०२२७११ (लक्ष्मण), के.बि. भण्डारी (९८५१०२०९३७)

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved