१३ सयको बिन्दुबाट पनि ओर्लियो नेप्से, साताभर ८६ अंकको गिरावट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 02:33:11 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा अघिल्लो दिनको तुलनामा सुधार आएको छ। तिब्र उतार चढाव देखिएको बजार २६.७५ अंकले घटेर १२९६.२३ को बिन्दुमा रोकिएको छ। आज कारोबारमा आएका सबै सूचकहरु घटेका छन् । 

बिहिबार कारोबारमा आएका कुल १३४   कम्पनीका १ करोड ५४  लाख १४ हजार सेयर खरिद बिक्रिबाट ५७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। विहीबार तीनवटा सामुहिक लगानीकोषका एक करोड ४५ लाख इकाईको किनबेच भएपछि कारोबार रकम अघिल्लो दिनको भन्दा झण्डै दोब्बर भएको हो ।

बिहीबारको कारोबारमा सिद्दार्थ ईक्विटी ओरियन्टेड स्किमको मात्र ५ करोड ६४ लाखको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा एनआइबिएल समृद्धि फण्ड १, एनएमबि सुलभ इन्भेस्ट फण्ड १, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्   । 

आजको कारोबारमा मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनि , राष्ट्रिय बिमा कम्पनि संस्थापक शेयर, सिनर्जी फाइनान्स, युनियन फाइनान्स लगायतका  लगानीकर्ताले कमाएका छन।   गुमाउनेमा एभरेस्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स , प्रुडेन्शियल इन्स्योरेन्स , गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनरल लाइफ इन्स्योरेन्स लगायतका लगानीकर्ता रहेका छन् ।

यस साता नेप्से ८६ अंकले घटेको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved