चमेलिया जलविद्युत् परियोजना केहि महिनामै संचालन हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 10:52:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन्।
 
प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिए। 

'पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ,' मन्त्री शर्माले भने, 'जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ।' उनले पश्चिम सेती, कर्णालीलगायत यहाँका जलविद्युत् आयोजनाको काम अगाडि बढाउन मन्त्रालयले पहल गरिरहेको जानकारी पनि दिए। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved