चुनाव नै नलडेको बाबुरामको नयाँ शक्ति सोमबारबाट संसदमा, हेर्नुस कसरी भयो सम्भव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 10:55:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चुनाव नै नलडेको पार्टी संसदमा जादैछ भन्दा अपत्यारिलो लाग्न सक्छ । तर नयाँ शक्ति नेपालको हकमा भने यो सम्भव हुने देखिएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल सोमबारबाट संसदमा जादै छ । 

 हेर्नुस कसरी भयो सम्भव ?

थरुहट तराई पार्टी लोकतान्त्रिकसंग एकता भेला हुने भएपछि नयाँ शक्ति संसदमा पुग्ने बएको हो । थरुहट तराई पार्टी लोकतान्त्रिबाट गंगा चौधरी सांसद छिन् । नयाँ शक्तिसंग एकता गरेपछि चौधरी अब नयाँ शक्तिकी सांसद बन्दै संसदमा प्रतिनिधित्व गर्ने छिन् र नयाँ शक्ति संसदमा पुग्ने छ । चौधरी नयाँ शक्तिमा आएपछि नयाँ शक्ति पार्टी स्वत संसद सचिवालयमा दर्ता हुनेछ । चौधरी नै संसदीय दलकी नेता बन्ने छिन्  ।  

सोमबार एकीकरण घोषणा गर्ने  र  एकीकरणपछि पार्टीको नाम 'नयाँ शक्ति नेपाल' रहने सहमति दुई दलले गरिसकेका छन् ।  भोलि सोमबार दुवै कार्यसमितिको संयुक्त बैठक बसेर एकता घोषणा गर्ने पर्सीसम्ममा निर्वाचन आयोगलाई एकीकरण भएको जानकारी गराउने तयारी भएको नयाँ शक्तिले जनाएको छ ।  

एकिकरणले नयाँ शक्तिलाई सरकारमा जान बाटो त खुल्ने नै छ यसको साथै नयाँ शक्तिले चुनावको बेला फाइदा लिन सक्नेछ  । अब हुने चुनावको लागि निर्बाचन आयोगले  समानुपातिकमा रहेको दललाई त्यही अनुसारको वरीयतामा चुनाव चिह्न प्रदान गर्छ । यस्तो अवस्थामा अब नयाँ शक्तिको चुनाव चिन्ह मतपत्रमा पहिलो ३० भित्र नै पर्ने छ र उसले चाहेको चुनाव चिन्ह समेत पाउने छ।  एकीकरण नगरेको अवस्थामा नयाँ शक्तिको चुनाव चिन्ह मतपत्रमा अन्तिम तिर पर्ने सम्भावना हुन्थ्यो । 

थरुहट तराई पार्टीले गंगालाई  अनुशासन पालना नगरेको र नयाँ पार्टी खोल्ने योजना बनाएको भन्दै पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेकी हुन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved