प्रहरी महानिरीक्षक नियुक्ति : चन्द बिरुद्द पहिलो बरियताका सिलवालले सर्बोच्चमा दायर गरे रिट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 01:08:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी महानिरीक्षक आईजीपीको नियुक्ति संबन्धमा सर्बोच्चमा अर्को रिट परेको छ । वरिष्ठता मिचेर उक्त पदमा जयबहादुर चन्दलाई नियुक्ति गरेको भन्दै पहिलो बरियतानमा रहेका नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

  
सिलवालले तेस्रो वरीयताका चन्दलाई आइजिपीमा नियुक्त गर्ने निर्णय खारेज गर्न र बरियता क्रम अनुसार आफुलाई सो पद नियुक्ति गर्न माग गरेका छन्। उनले प्रहरी नियमावली २०७३ को नियम ४१ बमोजिम प्रहरी प्रमुख वनाइनुपर्ने माग दाबी लिएका छन् । उनको रिटमाथि भोलि सुनुवाइ हुने भएको छ।  

यस अघि सर्बोच्च अदालतले महानिरिक्षकमा नियुक्त गरिएका जयबहादुर चन्दको नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता कपिल ढकालले शुक्रबार नै चन्दको नियुक्त गर्न रिट दायर गरेका थिए । रिट माथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 
 
अदातलले यस सम्बन्धमा अर्को सुनुवाईको लागि उपस्थित हुन विपक्षीहरुलाई आदेश समेत दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

यो पनि :  चन्दको नियुक्ति कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved