प्रहरी प्रमुख नियुक्तिमा मेरो संलग्नता छैन: देउवा (बिज्ञप्तिसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 04:12:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महानिरीक्षकको नियुक्तिको बिषयमा आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको बताएका छन् । देउवाको सचिवालयले आज एक बिज्ञप्ति निकाल्दै संचारमाध्यमहरुले नियोजित रुपमा देउवालाई जोडेर समाचार लेखेको र ति समाचारहरु 'झुटो, भ्रामक र कपोकल्पित' भएको बताएको हो  ।  

निजी सचिव केशवराज जोशीमार्फत जारी विज्ञप्तिमा भनिएको छ ‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो । त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैन र छैन ।’

बिज्ञप्तिमा 'लोकतन्त्रलाई वलियो र सवल बनाउन संचार माध्यामको महत्वपूर्ण भुमिका हुन्छ भन्नेमा दृढ विश्वास' रहेक्जो भन्दै समाचार प्रकाशित गर्दा कम्तिमा सम्वन्धी पक्षसँग बुझेर सत्य, तथ्य समाचार प्रकाशित गरिदिनुहुन संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved