१९ औ दिनमा खोलियो केयु प्रशासंनको ताला, चुनावका लागि अनेरास्ववियुसँग यस्तो सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 10:23:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्यार्थी कल्याणकारी परिषद्को निर्वाचन तोक्न माग गर्दै  अनेरास्ववियुले काठमाडौँ बिश्वबिद्यालयमा लगाएको ताला १९ औ दिनमा खुलेको छ । अनेरास्ववियु र बिश्वबिद्यालय प्रसासहनबिच चुनाव गराउने सहमति भएपछि अनेरास्ववियु माघ ९ देखि लगाएको ताला माग २८ गते शुक्रबार खोलेको हो  । 

 
विद्यार्थी कल्याण परिषद्को निर्वाचन माघ १० गते गर्ने निर्णय भएको भएपनि माघ ९ गते नवनियुक्त उपकुलपति डा. रामकण्ठ माकजूले सुरक्षाको कारण देखाउँदै स्थगित गरेका थिए । सोहि दिन देखि निर्वाचनको माग गर्दै अनेरास्ववियुले विश्वविद्यालय प्रशासनमा लाता लगाएको थियो ।

अनेरास्ववियु क्याम्पस अध्यक्ष आदित्य लामिछानेका अनुसार प्रशासन संग  फागुन ३ गते चुनाव गर्ने सहमति भएको छ । लामिछानेले एक बिज्ञप्ति जारि गर्दै आन्दोलनमा साथ् दिने सबैलाई धन्याबाद ज्ञापन गरेका छन् भने निर्बाचन स्वच्छ र निस्पक्ष रुपमा सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्  ।

साथै उनले चुनाव रोक्ने खालका कुनै गतिबिधि भए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved