पकिस्तानको एक उच्च अदालतले राजधानी इस्लामावादमा प्रणय दिवस (भ्यालेन्टाइन डे) नमनाउन आदेश दिएको छ । अदालतले भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाउदै भ्यालेन्टाइन डे सम्बन्धी कुनै पनि समाचार प्रसारण नगर्न सञ्चारमाध्यमलाई निर्देशन दिएको हो । त्यस्तै औपचारिक रुपमा कुनै पनि प्रकारको भ्यालेन्टाइन डे कार्यक्रम आयोजना नगर्न भनिएको छ।
पश्चिमाहरुको संस्कृतिलाई रोक्नुपर्ने भन्दै अदालतमा परेको रिटको सुनुवाईमा अदालतले सोमबार यस्तो अादेश दिएको बताईएको छ । यद्यपि यो आदेश इस्लामावादमा मात्र लागु हुने जनाईएको छ ।