शहरभरि जता जाँदा पनि बैंकका कार्यालयहरु देख्दा तपाइँलाई लाग्छ होला अब त एक जनालाई एक बैंक पुग्न थालि सके होला ? अझ होटल, रेष्टुरा, व्यापरिक मल र सडक छेउमै छरिएका एटिएम मेसिनहरु देख्दा त तपाईको अनुमान धुर्ब सत्य हो भन्न करै लाग्छ । त्यसमाथि बचत जुटाउन र ऋण प्रवाह गर्न बैंकहरुले गरेको प्रतिस्पर्धा हेर्दा त बैंकहरु धेरै पो भएकी भन्ने सोच पनि तपाईमा आउछ होला ?
वास्तवमै केहि ठुला सहरको सवालमा तपाईको अनुमान ठिकै देखिन्छ । तर जब तपाइँ सहर छोडेर ग्रामिण भेग तर्फ लाग्नु हुन्छ, त्यसको पाटो नै बेग्लै पाउनु हुन्छ। सहर बैंकहरुले भरिएका छन् भने देशका सुदुर ग्रामिण भेगका जनताको भने जिबन भरी बैंक नदेखी जिबन समाप्त हुन्छ। पछिल्ला तथ्यांकहरुले पनि यस्तै भन्छन ।
देशमा अहिले क बर्गका बाणिज्य बैंक २८ वटा छन्। तीनले देशका सबै स्थान र सम्भव भए विदेशमा समेत शाखा संचालन गर्न पाउँछन। यस्तै ख बर्गका विकास बैंक आजको मितिसम्म ५० वटा छन्। त्यसमाथि १८ वटा विकास बैंकले मात्रै देशभरी शाखा संचालन गर्न पाउँछन्। यस्ता बैंकलाई नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंक भनेर नामाकरण गरेको छ। विकास बैंकलाई संचालन अनुमति प्रदान गर्दा १० जिल्ले भनेर पनि तोकिएको छ। यस्ता १० जिल्लामा फैलिएर मात्रै शाखा बिस्तार गर्न पाउने जम्मा ६ वटा विकास बैंक छन्। यस बाहेक २१ वटा ३ जिल्ले र ७ वटा १ जिल्ले विकास बैंक छन्।
उता १५ वटा बित्त कम्पनीले पनि देशका विभिन्न स्थानमा छरिएर वित्तीय सेवा उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ । नेपाल बैंकर्स संघ र बिकास बैंक संघले उपलब्ध गराएको तथ्यांक अनुसार २८ वटा क बर्गका बाणिज्य बैंकका १ हजार २ सय ९२ शाखा देशभरी रहेका छन्। यसै गरी विभिन्न समुहका ५० वटा ख बर्गका विकास बैंकका ८ सय ८१ वटा शाखाहरु छन्। त्यस्तै बित्त कम्पनीका १९ वटा मात्रै शाखा रहेका छन। यसरि हेर्दा बैंक तथा वित्तीय संस्थाहरुका जम्मा २ हजार १ सय ९२ शाखाबाट देशका २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना नागरिकले सेवा प्राप्त गरिरहेका छन।
विभिन्न बैंकर्ससंघबाट प्राप्त तथ्यांक अनुसार नेपालको कुल जनसंख्यालाई बैंकका शाखाहरुले भाग गर्दा एक शाखाको लागि १२ हजार भन्दा बढी ग्राहक प्रदछंन।
क बर्गका बाणिज्य बैंकमा ३ सरकारी बैंकका सबै भन्दा धेरै शाखा रहेका छन्। राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका क्रमश : १ सय ४०, १२९ र ९० वटा शाखा रहेका छन्।
यसै गरी निजि क्षेत्रका नेपाल क्रेडिट एण्ड कमर्श, एनआईसी एसिया र प्रभु बैंकका धेरै शाखा कार्यालय रहेका बैंकहरुमा पर्दछन। तर यी सबै बैंकहरु बढी शहर केन्द्रित रहेका छन्। नियामक संस्था राष्ट्र बैंकले कडा नियमन गर्न नसक्दा बैंकहरु सहर केन्द्रित बन्न पुगेका छन्।
विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार दुर दराजका १५ प्रतिशत नागरिकसंग मात्रै नेपालमा बैंक खाता रहेको छ। हुन् त बैंक खाता हुनेहरुको संख्या नेपालमा कम रहको छ। फाइनान्सियल एक्सिस समुहका अनुसार ३८ प्रतिशत नेपालीसंग मात्रै बैंक खाता रहेको छ।
यो तथ्यांकले के पनि देखाउन्छ भने नेपालमा बैंक तथा तिनका शाखा धेरै भएका होइनन, बरु समस्या राष्ट्र बैंक कम्जोर हुँदा बैंकहरु बढी मुनाफा मुखी र सहर केन्द्रित भएका हुन्।