फेरी सर्ने भयो स्ववियु निर्वाचन, विद्यार्थी संगठनले उल्टाए शिर्ष नेताको निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 17, 2017 | 12:07:22 AM मा प्रकाशित

laxmi  sunrise bank

 फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फेरी सरेको छ । आज बिहान बसेको  विद्यार्थी संगठनका नेताहरुको बैठकले निर्वाचन पाँच दिन पछि सार्ने सहमति गरेको हो  । 

निर्बाचन स्थगनको माग गर्दै आएका आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनहरुपनि भाग लिने भएपछि  निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो । 

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।

बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले जसरी पनि फागुन १४ मै निर्वाचन गर्ने निर्णय गरेको भएपनि  विद्यार्थी संगठनहरुले शिर्ष नेताको निर्णय उल्टाएका हुन्   ।

आजको बैठकको निर्णय त्रिविलाई जानकारी गराईएको र त्रिविले नै मिति घोषणा गर्ने भएकाले त्रिवि सहमत भएपछि मात्रै निर्वाचनको मिति सर्ने/नसर्ने निश्चित हुने विद्यार्थी नेताहरुले बताएका छन्।  त्रिविले आज दिउँसो छलफलको लागि बोलाएको पनि उनीहरुले जानकरी दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved