४ दिने भ्रमणको लागि सभामुख घर्ति भारत प्रस्थान 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 18, 2017 | 12:30:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख ओनसरी घर्ति ४ दिने औपचारिक भ्रमणको लागि भारत प्रस्थान गरेकी छिन्  । घर्ति भारतीय लोकसभा सभामुख सुमित्रा महाजनको निमन्त्रणामा दक्षिण एसियाली राष्ट्रका सभामुखहरुको सम्मेलनमा भाग लिन आज बिहान १० बजे त्यस तर्फ प्रस्थान गरेकी हुन्  । सम्मेलनमा दिगो विकासको लक्ष्यप्राप्तिबारे दक्षिण एसियाली राष्ट्रको भूमिकाका विषयमा छलफल हुने छ ।

घर्ति संगै टोलीमा संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई, सहसचिव भरतराज गौतम, सभामुखकी स्वकीय सचिव लाल कुमारी पुन रहेका छन्  ।   

सम्मेलनमा बंगलादेश, श्रीलंका, म्यान्मार, माल्दिभ्स, भुटान, अफगानिस्तानलगायत राष्ट्रका सभामुख सहभागी हुनेछन् ।

घर्ति फागुन ९ गते स्वदेश फर्कने कार्यक्रम छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved