मोर्चाको धम्किपछि हच्किए प्रधानमन्त्री, लगत्तै देउवासंग छलफल गरेर यस्तो निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 19, 2017 | 10:39:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निर्वाचनको मिति घोषणा गर्न अन्तिम तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मधेशी मोर्चाको धम्कीपछि हच्किएका छन् । मिति घोषणाको लागि प्रधानमन्त्रीले आजको लाही मन्त्रिपरिषद बैठक समेत डाकेका थिए । तर अहिलेकै अवस्थामा निर्वाचनको मिति घोषणा गरे आन्दोलन गर्ने मधेसी मोर्चाको धम्कीपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको वैठक नै स्थगित गरेका छन् ।  

मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन बिधेयकलाई संशोधन सहित पारित गरे मात्र चुनावको मिति स्वीकार्य हुने अन्यथा  मिति घोषणा गरे आन्दोलन गर्ने बताईरहेको छ  ।  

 मन्त्रिपरिषद बैठक स्थगित गरेपछि दाहाल छलफललाई तिब्रता दिएका छन् । बैठक स्थगित गरे लगत्तै उनले आज बिहान सत्ता साझेदार नेपाली कांग्रेससंग छलफल गरेका थिए । त्यस बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकाल्दै छिटै मिति घोषणा गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकार गर्ने, निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने निर्णय गरेको छ  ।  मोर्चाको मागमा सम्बन्धमा कार्यदल बनाएर सहमति खोज्ने निर्णय बैठकले गरेको छ  ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव लगायत उपस्थित थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि छिट्टै चुनावको मिति घोषणा गर्नु पर्ने बताउदै आए पनि संविधान संशोधन भने फिर्ता लिनु पर्ने अडान लिदै आएको छ ।

निर्वाचन आयोगले फागुन ८ गतेसम्म चुनावको मिति घोषणा नभए प्राविधिक रुपमा निर्वाचन गराउन नसक्ने बताउदै आएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved