आइजीपी नियुक्तिबारे परेको रिटमा महान्यायाधिवक्ता नै बेखबर, सुनुवाई आज नहुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 19, 2017 | 11:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको नयाँ आइजीपी नियुक्ति संबन्धमा आज सर्बोच्चमा हुने भनिएको सुनुवाई मंगलबारको लागि सरेको छ । 

अधिबक्ता कपिल देव ढकालले सरकारले बरियता मिचेर डीआईजी जयबहादुर चन्दलाई लाई नियुक्ति गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै माघ २८ गते शुक्रबार मुद्दा दायर गरेका थिए । त्यसको सुनुवाई हुनु अघि नै मन्त्रिपरिषद बैठकले चन्दलाई आइजीपीमा नियुक्ति गरेको थियो  । सोहि दिन सर्बोच्चले चन्दको नियुक्ति तत्काल कार्यान्वयन नगर्न नगरौं अन्तरिम आदेश दिएको थियो । 

त्यस्तै पहिलो बरियतामा रहेका डिआईजी नवराज सिलवालले बरियताक्रम अनुसार आफुलाई आइजीपी बनाउन माग गर्दै अर्को रिट दायर गरेका थिए । सर्बोच्चले दुवै रिटलाई एक साथ राखी आजको लागि मुद्दाको पेशी तोकेको थियो भने न्यायाधीश इश्वर खतिवडा र हरिकृष्ण कार्कीको इजलाशमा परेको थियो । 

तर ढकालले दायर गरेको रिट महान्यायाधिवक्ता कार्यालय र जयबहादुर चन्दलाई जानकारी नभएको खुलेपछि सुनुवाई दुई दिनका लागि सरेको हो । महान्यायाधिवक्ता रमण श्रेष्ठले उक्त निवेदन आफूलाई प्राप्त नभएसम्म रिट अघि बढ्न नसक्ने बताएपछि मंगलबारसम्मको लागि रिटको सुनुवाई सरेको हो ।

यो मुद्दाको किनारा नालाग्दासम्म सरकारले प्राविधिक एआइजी  डा दिनेशचन्द्र पोखरेललाई निमित्ति प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved