प्याब्सन महाधिबेशन: अध्यक्ष पदमा बिजय साम्बाहाम्पे र टिकाराम पुरी बीच कडा प्रतिस्पर्धा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 12:51:02 AM मा प्रकाशित

laxmi  sunrise bank

निजि  विध्यालयहरुको सबै भन्दा ठुलो छाता संगठन प्याब्सनमा अहिले चुनाबी गर्मी बढेको छ । देशभर ७ हजार भन्दा बढी सदस्य विद्यालय रहेको प्याब्सनको अबको नेतृत्व कसले गर्ने भन्ने विषयले यती बेला शिक्षा क्षेत्र तातेको छ । 

केन्द्रीय नेतृत्व छनौट गर्न काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्याब्सनको तेर्हौं महाधिबेसन आजबाट सुरु हुदैछ । पहिलो दिन अर्थात फाल्गुन ९ गते सोमबार महाधिबेसन उद्घाटन तथा दोश्रो दिन फाल्गुन १० गते चुनाब हुँदैछ ।

केन्द्रिय अध्यक्षका प्रत्याशीद्वय बिजय साम्बाहाम्पे र टिकाराम पुरी बीच कसले बाजी मार्ने भन्ने विषयमा बहस चुलिएको छ । दुवैजना उत्तिकै सबल र सक्षम देखिए पनि बिजय साम्बाहाम्पे बरिष्ठ उपाध्यक्ष भएको, संगठनभित्र गहिरो प्रभाब राख्ने, मिजासिलो, राजनीतिक पंक्तिमा राम्रो सम्बन्ध भएको, कानुनि तथा प्राबिधिक पक्षमा राम्रो ज्ञान भएको, भर्खरै मात्र नेपाल सरकारले राष्ट्रिय शिक्षा परिषद्को सदस्य चयन गरेको र यस अघि नै बरिष्ठ उपाध्यक्ष पदमा टिकाराम पुरीलाई पराजित गराएकाले साम्बहाम्पेकै पक्षमा बढ्दो समर्थन देखिएको छ ।

पूर्वान्चल क्षेत्रमा राम्रो प्रभाव छोडेका टिकाराम पुरीले यति बेला विशुद्ध शैक्षिक संगठन भित्र फोहोरी राजनीति भित्र्याएको, राजनीतिक पार्टीको आडमा गुटबन्दी गरेको आरोप खेप्न थालेका छन् । “प्याब्सनको छबिलाई बिगार्ने काम काम भयो“ नाम नबताउने सर्तमा एकजना प्रिन्सिपल भन्छन “हाम्रा मान्छे भन्दा राम्रा मान्छेलाई नेतृत्वमा पठाउन सके मात्र निजी विद्यालयको भविष्य सुरक्षित रहन सक्छ, राजनीतिक गुटबन्दीले राम्रा मान्छेलाई निरुत्साहित गर्छ ।

प्याब्सन केन्द्रिय वृत्तमा अत्यन्त प्रभावशाली मानिने डि. के. ढुंगाना बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार दरिएका छन् । उनको बिरुद्धमा सोही पदमा सुमन गोपाल आचार्यको उम्मेद्वारी परे पनि ढुंगानाको अगाडि आचार्य अत्यन्त कम्जोर देखिएका छन् । महा सचिबमा राजेन्द्र बानिया र गोपाल आचार्यको उम्मेद्वारी रहे पनि राजेन्द्र बानिया धेरै माथि रहेको अड्कल काटिएको छ । बानियाले यस अघि नै कार्यबाहक महासचिब सम्हालेको, प्रभावशाली संचारकर्मीका रुपमा प्रख्यात रहेको र विभिन्न शैक्षिक मुद्धामा राजनीतिक वृत्त र सरकारसंग टक्कर लिने गरि बहस गर्न सक्षम भएका कारण पनि महा सचिब पद बानियाकै पोल्टामा पर्ने निश्चित देखिएको छ ।

टिकाराम पुरी जस्तै महा सचिबका प्रत्यासी गोपाल आचार्यलाई प्याब्सनभित्र पार्टीकरण र गुटबन्दी गरेको आरोप लागेको छ । सचिब पदका लागि धेरै उम्मेद्वारी परे पनि आर.बी कटवाल, रामहरी अधिकारी, जुद्ध पुन, मधु लोहनी लगायतको नाम चर्चामा छ क्ष् उप महा(सचिवको उम्मेदवारी त्यागेर आर. बी. कटवालले सचिबमा उम्मेद्वारी घोषणा गरे पछि सचिब पदको निर्वाचन निकै रोचक देखिएको छ क्ष् दीपिका थापा रिमाल, कृष्ण अधिकारी लगायतको उपाध्यक्ष पद सुरक्षित देखिएको छ । प्याब्सनले यस अघि नै सात ओटै प्रदेश र उपत्यका विशेषको चुनाब गरी सकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved