एकै चरणमा स्थानीय तहको चुनाव, बजेट १० अर्ब २९ करोड 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 08:42:54 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सोमबार साँझ तेस्रोपटक बसेको मन्त्रीपरिषदको बैठकले आगामी २०७४ साल बैशाख ३१ गते आइतबारका दिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबारको तेस्रो बैठकले बैशाख ३१ गतेका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको माग अनुसार १० अरब २९ करोड ६३ लाख ७६ हजार ७ सय ७५ रुपैयाँ अर्थ मन्त्रालयले तत्कालै निर्वाचन आयोगलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले भने ‘आजको दिन नेपालको इतिहासमा ऐतिहासिक दिन हो । आज दिनभर तीन चरणमा मन्त्रीपरिषदको बैठक बस्यौं । बिहानको पहिलो बैठकले मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउने निर्णय गरेको थियो । अहिले बसेको बैठकले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकार दृढतापूर्वक निर्वाचन सम्पन्न गर्छ । भोलिदेखि संसदबाट संविधान संशोधन प्रस्ताव पनि अघि बढ्छ । अब देश निर्वाचनमा गयो, निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउन म सम्पूर्ण पत्रकार मित्रहरुमा अनुरोध गर्दछु ।’

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved