माउन्टेन फ्लाइट सहितको विराट एक्स्पो बुधबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 12:29:45 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा भोलिदेखि सुरु हुन गइरहेको कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि समुद्घाटन गर्नुहुने कार्यक्रम निश्चित भइसकेको उद्योग सङ्गठन मोरङको अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए ।

उक्त प्रदर्शनीमा औद्यौगिक उत्पादन, कृषि, जडीबुटी उत्पादन, कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस्, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री र खाद्य पदार्थ बिक्रीका लागि २५४ वटा स्टल राखिने  अध्यक्ष उपाध्यायले बताए ।

त्यसैगरी, एक्स्पोमा रोजगारी मेलाको समेत व्यवस्था गरिएको छ । कुनै उद्योगमा कर्मचारीको आवश्यकता परे एक्स्पोमा सम्पर्क गरी आवश्यक सम्झौता गरेर लग्ने व्यवस्था मिलाइएको छ ।

यसका साथै, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकोप्टरबाट माउन्टेन फ्लाइटकोसमेत व्यवस्था गरिएको छ । एक घन्टाको माउन्टेन फ्लाइटबाट रु सातहजार पाँचसयमा पूर्वी क्षेत्रका हिमाल– कञ्चनजंघा, मकालु र सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको अवलोकन गराइने व्यवस्था गरिएको छ ।

एक सातासम्म जारी रहने सो एक्स्पोमा भारतको विहार, पश्चिम बङ्गाल तथा मुलुक भित्रका समेत गरी तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने र रु ४० देखि ५० करोडको कारोबार हुने विश्वास गरिएको अध्यक्ष उपाध्यायले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved