हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ, कसैले अवरोध गरे प्रतिवाद हुन्छ: ओली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 03:33:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै ओलीले  पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपु¥याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गरेका हुन् ।

ओलीले भने ' मेची-महाकाली अभियान हाइवेमा प्रत्येक नगर र गाउँमा तीन दिनअघि जुलुस हुन्छ, त्यसमा जुध्नेगरी कार्यक्रम नराख्न र अवरोध नगर्न म सम्बन्धित पक्षलाई आग्रह गर्छु।' 

यदि कसैले अवरोध तथा भाँजो हालिए एमालेले त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने पनि ओलीले चेतवानी दिएका छन् । 

ओलीले  हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने  यस अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस अभियानले एमालेबिरुद्ध छरिएको भ्रम पनि चिर्ने बताउदै  हरेक एमाले कार्यकर्ता सडकमा आउन अपिल गरे । उनले भने '‘अभियान सुरु हुन १० दिन बाँकी छ, हरेक नगरदेखि वडा र गाउँस्तरसम्म जो जहाँ छन्, हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ । एउटै स्वरमा नारा लगाएकै हुनुपर्छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved