पुनर्निर्माण प्राधिकरणको सदभावना दूतमा धुर्मुस सुन्तली नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 07:21:47 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सामाजिक अभियन्ता तथा हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे, धुर्मुस सुन्तलीलाई सदभावना दुत बनाउने निर्णय गरेको छ ।   

प्राधिकरणको मंगलबार बसेको कार्यकारी समितिको बैठकले भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापना सम्बन्धी काममा योगदान पुर्याएको भन्दै धुर्मुस सुन्तलीलाई सदभावना दुत बनाउने निर्णय गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सो बैठक बसेको हो।   

त्यस्तै आज बसेको सो बैठकले निजी आवास अनुदानको हकमा २०७३ पौष मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीहरुले २०७३ साल चैत्र १५ सम्म दोस्रो किस्ताको लागि तोकिएको मापदण्ड अनुसार आवेदन दिइसक्न सूचना जारि गर्ने निर्णय गरेको प्रवक्ता यमलाल भुसालले बताएका छन।   
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved