३५ देखि ३५०० रुपैयाँ पर्ने जुत्ता चप्पल नेपालमै उत्पादन, 'फुट वेयर जोन' खोजीमा व्यवसायी  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 03:10:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जुत्ता चप्पल उत्पादनमा आत्मनिर्भर बन्दै जाँदा यस्ता 'फुट वेयर' उद्योगका लागि बिशेष औद्योगिक क्षेत्रको आवश्यकता महसुस हुन थालेको पाइएको छ। 

२५ अर्ब रुपैयाँ भन्दा बढी लगानी भईसकेको यस उद्योगलाई दिर्घजीबी बनाउन फुट वेयर जोनको कन्सेप्ट अगाडी आएको हो। इतिहासमा बाँसबारी छाला जुत्ता उद्योगले बढाएको नेपालका छाला जुत्ताको सानलाई कायम राख्दै उत्पादन बिस्तारका लागि पनि फुट वेयर जोनको आवश्यकता महसुस भएको सरोकारवालाहरुले बताएका छन। 

बाँसबारी छाला जुत्ता कुनै समय नेपाल र भारतमा स्थापित ब्राण्ड थियो। उक्त उद्योगलाई निजीकरणको नाममा धरासायी पारीए पछि नेपाल केहि समय छाला जुत्तामा परनिर्भर बनेको थियो। बाँसबारीको अभाब खड्किएको बेला निजि क्षेत्रका जुत्ता चप्पल उत्पादक कम्पनी नेपाली बजारमा उदाएका छन। 

करिब ८ सय भन्दा बढी 'फुट वेयर' उत्पादन उद्योग अस्तित्वमा रहेको नेपाल फुटवेयर एसोसिएसनका अध्यक्ष रबिन कुमार श्रेष्ठले बिजपाटीलाई बताए। 

यी उद्योगलाई व्यवस्थित गरेर फुट वेयर क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउदैं बैदेशिक मुद्रा आम्दानी र रोजगारी वृद्धिमा पनि फुट वेयर जोनको आवश्यकता रहेको श्रेष्ठको दाबी छ। 'उद्योगको प्रतिस्पर्धी क्षमता बढाउँन र उत्पादन लागत कम गर्न यस्तो जोन आवश्यक भएकोले राज्यसंग सहकार्य गर्न हामि अगाडी बढेका छौं' -श्रेष्ठले बताए।

२ अर्बका जुत्ता निर्यात 
हाम्रो दिमाग आयातले मात्र भरिएको बेला नेपालबाट विभिन्न ब्राण्डका जुत्ता चप्पल विदेश निर्यात हुन्छन भन्दा तपाईलाई अचम्म लाग्ला। तर अब यसरि अचम्म पर्नु पर्ने दिन अन्त्य भएको तथ्यांकले देखाएको छ। अध्यक्ष श्रेष्ठका अनुसार नेपालबाट बार्षिक २ अर्ब रुपैयाँ बराबरका जुत्ता तथा चप्पल विदेश निर्यात हुने गर्दछन। नेपाली छाला जुत्ताको फिनिसिङ, डिजाइन र गुणस्तर राम्रो भएकाले विश्व बजारमा नेपाली जुत्ताको माग बर्षेनी बढिरहेको श्रेष्ठले बताए। उनका अनुसार -खासगरी भारत नेपाली जुत्ताहरुको सबै भन्दा ठुलो बजार हो। 

प्रति बर्ष ५ करोड जोर जुत्ता उत्पादन 
नेपालका ८ सय भन्दा बढी जुत्ता चप्पल उद्योगबाट प्रती बर्ष ५ करोड जोर जुत्ता उत्पादन हुने श्रेष्ठले बताए। विभिन्न ब्राण्ड र उमेर समूहलाई लक्षित गरेर नेपाली 'फुटवेयर' उत्पादकहरुले जुत्ता चप्पल उत्पादन गरेकाले नेपालीहरुले बिदेशी जुत्ता चप्पल भन्दा बढी नेपाली उत्पादनलाई मन पराएको श्रेष्ठको दाबी छ। 

मूल्य ३५ देखि ३५ सयसम्म 
नेपाली जुत्ता चप्पल उत्पादकहरुले खुट्टाको हैसियत हेरी जुत्ता चप्पल उत्पादन गरेको देखिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा न्युनतम ३५ रुपैयाँ देखि ३ हजार ५ सयसम्मका नेपाली जुत्ता पाइन्छ। 

७० प्रतिशत कच्चा पदार्थ स्वदेशी 
नेपालमा बनाइने जुत्ता चप्पलको लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि अधिकतम नेपाली रहेको पाइन्छ। खासगरि छाला, रेग्जिन र रबर जस्ता कच्चा पदार्थको ७० प्रतिशत नेपालकै प्रयोग भएको श्रेष्ठले बताए। उनका अनुसार ३० प्रतिशत कच्चा पदार्थ भने भारतबाटै आयात हुन्छ। 

ठाउँ खोज्दै व्यवसायी 
'फुट वेयर जोन' निर्माणमा सरकारको साथ लिने तर मुख नताक्ने रणनीति अन्तर्गत व्यवसायीहरु आफै ठाउँ खोजीमा लागेका छन्। काठमान्डौ उपत्यकालाई पायक पर्ने गरि उपत्यका बाहिर नजिकका स्थान हाम्रा प्राथमिकताका क्षेत्र हुन्' श्रेष्ठले भने। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved