यो प्रस्ताव हुबहु कुनैपनि हालतमा पास हुँदैन, लेखेर राख्नुहोस् : महासेठ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 01:57:58 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले कुनैपनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन्।

मोर्चाले परिमार्जनसहित प्रस्ताव पारित गर्नुपर्ने माँग राखेको र सरकारले सके हुबहु नसके परिमार्जनसहित प्रस्ताव पारित गर्ने भनिरहेको कुरा उल्लेख गर्दै नेता महासेठले भने,‘यो प्रस्ताव हुबहु कुनैपनि हालतमा पास हुँदैन, लेखेर राख्नुहोस्।’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले मोर्चाले भनेजस्तो भाषा सवालमा संशोधन हुनै नसक्ने ठोकुवा गर्दै भने,‘हाम्रो पार्टी भाषाको सवालमा संविधानले व्यवस्था गरेको भन्दा बाहेक अरु कुरा मान्दैन्, त्यस्तै नागरिकताको सवालमा पनि हामी लचिलो बन्दैनौं।’

उनले एमालेले आज सदनमा संशोधन प्रस्तावलाई छलफल गर्न दिने तर मोर्चाले यसपछि कस्तो प्रतिक्रिया दिने हो त्यो हेरेरमात्रै के गर्ने भन्नेबारे निर्णय लिने स्पष्ट पारे। उनले मोर्चाले आफ्नो कुरा दिनदिनै फेरिरहेको समेत आरोप लगाए।

उनले भने,‘पहिले मोर्चाले प्रस्ताव टेबुल भएमात्रै हुन्छ, हामी मान्छौं भनेको थियो, तर प्रस्ताव टेबुल भयो अब पारित गर्नुपर्छ भनिरहेको छ।’ उनले सरकारले चुनावको मिति घोषणा गरिसकेकोले अब चुनाव कसैले पनि रोक्न नसक्ने ठोकुवा गरे।

निर्वाचन आयोगले समेत निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकोले सबै दलहरु मिलेर चुनावलाई सफल बनाउनतिर लाग्नुपर्नेमा जोड दिए। उनले चुनाव नभए सबैभन्दा बढि घाटा काँग्रेस, माओवादी केन्द्र र एमालेलाई नै हुनेतर्फ समेत सचेत गराए।

महासेठले मधेशी जनता चुनावको पक्षमा रहेको समेत दाबी गरे। उनले भने,‘मधेशी जनताहरु चुनावको पक्षमा छन्।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved