बजारमा तिब्र उतार चढाव कायमै: बिओकेएलको कारोबार उच्च , सूचक र कारोबार रकम खुम्चियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 02:38:53 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ। बिहिबार नेप्से ६.६७ अंकले घटेर १३३७.४६ को बिन्दुमा रोकिएको  छ । आज कारोबारमा  आएका  १३०   कम्पनीका ७  लाख  ६१  हजार १ सय ६४ कित्ता सेयर खरिद बिक्रिबाट ३०  करोड ४८  लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज  कारोबारमा आएका सूचक मध्ये होटेल ए अन्य समुह बाहेक सबै  सूचक घटेका छन्  ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये बैंक अफ काठमाडौँ लिमिटेडको सबै भन्दा धेरै ४ करोड ६४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक संस्थापक शेयर, एभरेस्ट बैंक, महालक्ष्मी विकास बैंक, प्रभु बैंक लगायतका रहेका छन् ।  

आजको कारोबारमा धेरै कमाउनेमा आरएसडिसी लघुवित्त, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, नेशनल माइक्रो फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।   

 त्यस्तै बढी गुमाउनेमा राष्ट्रिय बिमा कम्पनीका संस्थापक शेयर, सप्तकोशी डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स, शंग्रिला डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन्   ।

यस साता भर बजार ६ अंकले घटेको छ   ।

 बजार घटेको बेला सस्तोमा खरिद गरिएको सेयर बिक्री गर्ने लगानीकर्ताको चाप थाम्न नसक्दा सूचक हो। त्यस्तै चुनाव घोषणा भएपनी सबैदलले समर्थन नगरेका कारण राजनीतिक अस्थिरता जारि रहने आशंकाले लगानीकर्ताको मनोबल उच्च हुन् नसक्दा बजार घटेको विश्लेषण गरिएको छ । 

खरिदकर्ताहरु शेयर खरिदको लागि बजार अझै घट्ने समय कुरेर बसेका छन् भने अर्को तर्फ बिक्रेताहरु बजार बढेपछि मात्र बिक्रि गर्न होल्ड गरेर बसेका छन् । दुवै पक्ष पर्ख र हेरको नीतिमा अडिग रहेका कारण कारोबार रकम पनि घटेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved