यस साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। गत साताको अन्तिम दिन शुक्रबार प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्डको सुन आज ३ सयले बढेर प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चांदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ८३० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४८ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७१६ रुपैयाँ कायम गरेको छ।