गोमा एयरका दुई विमान काठमाडौं आइपुगे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 08:10:38 AM मा प्रकाशित

laxmi  sunrise bank

गोमा एयरले थप दुई विमान ल्याएको छ। नेपालगञ्ज, सुर्खेतलाई आधार बनाएर मध्य तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा उडान भर्दै आएको गोमा एयरले चेक रिपब्लिक विमान निर्माता कम्पनी एलइटीले निर्माण गरेको एल–४१० सिरिजका दुई विमान आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याएको हो। 

नेपाली चालक दल र इन्जिनियरिङ्ग दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुँदै विमान नेपाल ल्याएको गोमाले एयरले जानकारी दिएको छ।
 
२०६७ सालमा स्थापना भएको गोमाले दुई सेस्ना ग्रान्ड क्याराभान विमानबाट सुदुर पश्चिम र कर्णाली भेगमा सेवा सन्चालन गरेको थियो। 

दुई विमान थप गरेसंगे गोमा एयरसंग विमान कुल ६ विमान भएका छन। छोटो धावन मार्ग प्रयोग गर्ने यी विमानहरुले काठमाडौँ, पोखरा नेपालगन्जका दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा गर्ने योजना रहेको कम्पनीले जनाएको छ। 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved