रामेछाप केन्द्र भएर ४४ मिनेटको अन्तरमा २ पटक भूकम्पको धक्का 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 09:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप केन्द्रबिन्दु भएर परकम्प जाने क्रम अझै रोकिएको छैन। आज सोमबार बिहान मात्रै ४४ मिनेटको अन्तरालमा दुई पटक परकम्प गएको राष्ट्रीय भूकम्प मापन केन्द्रले जनाएको छ। 

सोमबार बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गए लगत्तै ४४ मिनेटपछि पुन रामेछाप केन्द्र भएर ४.७ रेक्टर स्केलको परकम्प गएको छ। 

रेडियो रामेछापका समाचार प्रमुख तथा स्थानीय निरजकुमार थापा ढाकाटोपीका अनुसार आज बिहानै दुई-दुई पटक भूकम्पको धक्का महसुस गरेका रामेछापबासि केहि त्रसित बनेका छन।  जिल्ला हुलाक कार्यालयका सुब्बा कमल कटुवालको छोरा साहिल कटुवाल घाइते भएका छन । लिटिल स्टार इङलिस स्कुलमा पढ्ने बालक कटुवाललाई थप उपचारका लागि काठमाडौँ ल्याईदै गरेको जनाइएको छ। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved