विदेशमा कमाएको पैसासहित श्रीमती अर्कैसँग भागेपछि पति अदालत शरणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 11:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ। 

भगाएर लगेकी आफ्नी श्रीमती उनले नै लुकाएर राखेको भन्दै खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेका छन्।
मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन्। 

दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन्। माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेको भोजराजले बताए।

विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उनले भने, 'उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन्।' भगाएर लगेकी आफ्नी श्रीमती उनले नै लुकाएर राखेको भन्दै खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेका छन्।

भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए। 

'विदेशबाट आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन्', उनले भने, 'विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ।' रासस 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved