द्रब्य शाह बहुमुखी क्याम्पसमा बम बिस्फोट, गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीको ताला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 28, 2017 | 06:00:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी १८ गते हुने स्वतन्त्र विधार्थी युनियनको निर्वाचनको मनोनयन दर्ता क्रममा विवाद भए पछि गोरखा क्याम्पस गोरखामा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले ताला लगाएको छ ।
 
निर्वाचन कार्य तालिका बमोजिम शनिबार मनोनयन दर्ता गर्ने क्रममा नेपाली काँग्रेस निकट बिधार्थी संगठन नेपाल विद्यार्थी संघ भन्दा पहिला दर्ता हुनुपर्ने भन्दै क्रान्तिकारीले क्याम्पसमा ताला लगाएको क्याम्पस स्रोत बताउछ । 

शनिबार मनोनयन दर्ता गर्ने क्रममा नेपाल विद्यार्थी संघ र क्रान्तिकारी बिच कस्ले पहिले दर्ता गर्ने भन्ने विवाद भएपछि निर्वाचन समितीको बिशेष बैठक बसि आवस्यक कागजात सहित पहिले आउनेलाई पहिला दर्ता गर्ने निर्णय भए पछि सो अनुसार समितीले आइतबार नेपाल विद्यार्थी संघलाई क्रान्तिकारी भन्दा पहिला दर्ता रोलक्रममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो ।  निर्वाचन समितीले समस्या समाधानका लागी सबै विद्यार्थीसंग छलफल भइरहेको जनाएको छ । 

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले गोरखा क्याम्पसमा लगाएको ताला बिरुद्ध अन्य विद्यार्थी संगठनहरुले बिरोध जनएका छन् । आइतबार बेलुका नेपाली काँग्रेस निकट नेपाल बिधार्थी संघ, एमाले निकट अनेरास्ववियु, नया शक्ति नेपाल निकट नया शक्ति विद्यार्थी युनियनले संयुक्त विज्ञप्ती जारी गर्दै हतास मानसिकता र निर्वाचनबाट नभाग्न अखिल क्रान्तिकारीलाई आग्रह गरिएको छ । संयुक्त बिज्ञप्तीमा भनिएको छ, “आठ बर्ष पछि हुनलागोको स्ववियु निर्वाचनमा आफ्नो हतास मानसिकताबाट क्याम्पसमा लगाइएको तालाबन्दिलाई कायरता र निर्वाचनबाट भाग्न खोजेको संज्ञा गर्दै घोर भत्सना गर्दछौ ।” साथै ताकिएकै मितीमा निर्वाचन गरोउने वाताबरण बनाउन समेत बिज्ञप्तीमा भनिएको छ।


 
गोरखामा गोरखा क्याम्पस र द्रब्य शाह बहुमुखी क्याम्पस लक्ष्मीबजारमा १८ गते स्ववियु चुनाव हुदैछ । द्रब्य शाह बहुमुखी क्याम्पसमा भो कुनै विवाद भएकाले चुनावी माहोल बढेको छ । गोरखा क्याम्पस र द्रब्य शाह बहुमुखी क्याम्पसका गेट देखी नै विद्यार्थी संगठनहरुले प्रचार प्रसारका तुल ब्यानरहरु टाँगेर तथा सम्पर्क कार्यालय राखृर चुनाव प्रचार प्रसार गरिरहेका छन् । गोरखा क्याम्पसमा ६ र द्रब्य शाह बहुमुखी क्याम्पसमा ५ वटा बिधार्थी संगठनले मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै सोमबार द्रब्य शाह बहुमुखी क्याम्पसको आसपासमा अज्ञात समुहले सामान्य खालको बम बिस्फोट गराएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सामान्य खालको डोरी बम बिस्फोट भएको जनाएको छ । अनुसन्धान जारी छ एसपी जनक राज पाण्डेय भन्छन् -सामान्य खालको बम हो, क्याम्पस भन्दा अलि परबाट डोरी बम फालेर बिधार्थी तर्साउन खोजिएको हुन सक्छ । उनले भने आवाज ठूलो आयो तर क्षती भने कुनै भएको छैन । 

बम कस्ले पड्काएको हो भन्ने अहिलेसम्म कुनै जानकारी छैन, एसपी पाण्डेयले भने हामी अनुसन्धान मै छौ । स्ववियु चुनाव नजिकिएकाले जिल्लाको सुरक्षा ब्यवस्थामा पनि कडाइ गरिएको उनले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved