आचारसंहिता लागु हुनु अघि नै रातारात काठमाडौं महानगरपालिकाका सीइओ सरुवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 11:55:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्बाचन आचार संहिता लागु हुनु अघि रातारात काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत सरुवा गरेको छ । स्थानीय विकास मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सहसचिव ईश्वरराज पौडेललाई नियुक्त गरेको हो।

 यस अघिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई भने मन्त्रालयमा सरुवा गरिएको छ। तामाङलाई नगरपालिका तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। 

अधिकृत नियुक्त भएका पौडेल यसअघि कास्कीको स्थानीय विकास अधिकारी थिए। 

निर्बाचन आयोगले आजबाट निर्बाचन आचार संहिता लागु गरेको छ ।  यस अवधिमा कुनै सरुवा बढुवा गर्न पाइदैन । स्थानीय विकास मन्त्रालयले भने हिजो मंगलबार नै सरुवा गरिएको बताएको छ  ।  

यो पनि: लागु भयो ​निर्वाचन आचारसंहिता, हेर्नुस कसले के गर्न पाउछ, के पाइदैन ? (पूर्णपाठ सहित)  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved