एभरेष्ट बैंक र यूकेएड सक्षमबीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2016 | 03:48:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक र युकेएड सक्षमबीच इविएल सेवा परियोजनाका लागि सम्झौता भएको छ । होटेल सांग्रिलामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत एके अहलुवालीया र यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजित बोहराले सम्झौतामा हस्ताक्षर गरे। 
 
सम्झौता अनुसार यूकेएड सक्षम एक्सेस टू फाइनान्सको सहकार्यमा बैंकले सेवा नपुगेको देशका ग्रामिण क्षेत्रहरुमा शाखारहित बैंकिंङ मार्फत बैंकिङ सेवा संचालनमा ल्याउने छ।    

नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर शिवराज श्रेष्ठ प्रमुख अथिती रहेका सो कार्यक्रममा अर्थ मन्त्रालयका उप–सचिव किसान सिँह बस्नेत, डि.एफ.आई.डी नेपालका निजी क्षेत्र विकास सल्लाहकार रवि रायमाझी तथा राष्ट्र बैंक र एभरेष्ट बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीयाले देशका सुदुर पश्चिम, मध्य पश्चिम र पश्चिम क्षेत्र गरी २७ जिल्लाहरुमा शाखारहित बन्किंग सेवा पुग्ने बताए। 'शाखा रहित बैंकिंङ्को नौलो आयामको रुपमा ट्याब्लेट बैंकिग पनि शुरु गरेका छौं  यस परियोजना मार्फत विपन्न वर्ग र कृषि कर्जा अझ बिस्तार गर्ने छौं ।’ उनले भने।   

सो अवसरमा डेपुटि गर्भनर शिवराज श्रेष्ठले नेपाल राष्ट्र बैंकको प्राथमिकतामा रहेको कार्य सक्षमले गरेकोमा आफुहरु खुसि रहेको बताए। 'वित्तिय समावेशीताको लक्ष्यका लागि एभरेष्ट बैंक सहितअन्य बैंक तथा वित्तिय संस्थाहरुसँग सक्षमले मिलेर काम गरिरहेको सुन्दा मलाई खुशीलागेको छ' उनले भने।  

बैंकले हाल ६१ शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८३ एटिएम, बृहत बाह्य सन्जाल र ३०० भन्दा बढि शाखारहित बैंकिग केन्द्रहरु मार्फत आफ्ना ग्राहकहरुलाई  बन्किंग सेवा प्रदान गर्दै आइरहेको छ।  
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved