मनीग्राम र सिटी एक्सप्रेसबीच सहकार्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2016 | 04:18:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मनिग्रम र सिटि एक्सप्रेस मनी ट्रान्सफरबीच रकम भुक्तानी सेवा सुचारु गर्ने बारे सहकार्य भएको छ। सेवा विस्तारमा पहुँच बढाउदै सिटि एक्सप्रेससंग सहकार्य गरिएको कार्यक्रममा बताइएको छ। 

सहकार्यपछि विदेशबाट नेपालमा रकम पठाउनका लागि सुविधा पुग्ने कम्पनीको विश्वास रहेको छ। सो अवसरमा दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालियाले संसारभरि रहेका नेपालीलाई सेवा र्पुयाउन मनीग्राम तत्पर रहेको वताए । 'मिडल इस्टमा (गल्फ क्षेत्र) काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।’ उनले भने।   

सो अवसरमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले मनीग्रामसँग सहकार्य गरी सेवा र्पुयाउन पाउँदा आफु हर्षित र उत्साहित भएको वताए ।
मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट लिने ग्राहकले कारोबार लगत्तै ५० को टपअप मोबाइलमा प्राप्त गर्ने कार्यक्रममा बताइएको छ। यो सुविधाले  मनीग्रामको नेपालमा उपस्थितिलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved