स्थानीय चुनावका लागि ८१ दल दर्ता, उपेन्द्र यादवले पनि दर्ता गरे दल (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 03:30:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख ३१ को लागि घोषणा भएको स्थानीय तह निर्वाचनका लागि कुल ८१ वटा दलले निर्वाचन आयोगमा नविकरण सहित दल दर्ता गराएका छन् । जसमा जिल्ला तथा केन्द्रमा गरी ७१ राजनीतिक दल दर्ता भएका छन् जिल्लामा दर्ता नभई केन्द्रमा मात्रै दर्ता बह्येका दलको संख्या ७ छ ।

निर्बाचन आयोगले दल दर्ताको लागि बुधबारसम्मको समय सीमा दिएको थियो  । सोहि अवधिमा दलहरुले नेपालको संविधानको धारा २ सय ७१ बमोजिम स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दर्ता भएका हुन् । दल दर्ता गर्दा राजनीतिक दलहरुले आय–ब्याय विवरण, पार्टीको विधान, पार्टी कार्यसमिति विवरण, पार्टी कार्यालयको ठेगाना सहितको विवरणका बुझाएका छन् । 

मधेशी मोर्चामा आबद्द भएर आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पनि दल दर्ता गरेको छ  ।  अन्दोलतरत थरुहट तराई पार्टीले पनि दल दर्ता गराएको छ । त्यस्तै बिजय कुमार गच्छेदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि दर्ता भएको छ   । 

हेर्नुस दर्ता भएका दलहरुको सुची : 

नेपाल समावेशी पार्टी
राष्ट्रिय जनमोर्चा
बहुजन समाज पार्टी नेपाल
इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल
नेपाल परिवार दल
संङ्घीय समाजवादी फोरम, नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेलिनवादी)
राष्ट्रिय जनमुक्ति पार्टी (लोकतानित्रक) नेपाल
राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
राष्ट्रिय चुरेभावर पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
तामाङसालिकङ लोकतान्त्रिक पार्टी
मितेरी पार्टी नेपाल
नेपाल पिपुल्स पार्टी
हाम्रो पार्टी
चुरेभावर लोकतान्त्रिक पार्टी
नेपाल समाजवादी पार्टी (लोहियावादी)
नेपाल कम्युनिष्ट पार्टी
राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
बौद्धिक जनतान्त्रिक परिषद, नेपाल
देशभक्त समाज
हाम्रो नेपाल पार्टी
आधुनिक नेपाल पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)
नयाँ शक्ति पार्टी,नेपाल
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, पार्टी
थरुहट तराई पार्टी नेपाल
नेपाल दलित पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
राष्ट्रिय जनमुक्ति पार्टी
जनता दल नेपाल
बहुजन शक्ति पार्टी
नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी
युवा नेपाल पार्टी
शिवसेना नेपाल
ग्रीन पार्टी नेपाल
अखण्ड नेपाल पार्टी
राष्ट्रिय शिवसेना पार्टी
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
दलित जनजाति पार्टी नेपाल
मधेश समता पार्टी, नेपाल
संघीय लोकतान्त्रिीक राष्ट्रिय मञ्च (थरुहट)
नेपाली कांगे्रस
जनजागरण पार्टी नेपाल
विवेकशील नेपाली
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
नेपाली जनता दल
गान्धिवादी पार्टी नेपाल
मुस्कान सेना नेपाल
नेपाल जनलोकतन्त्र पार्टी
लोक दल
राष्ट्रवादी एकता पार्टी
राष्ट्रवादी पार्टी
नेपाल जनता पार्टी
नेपाल लोकतान्त्रिक जनता कांगे्रस
राष्ट्रिय जनएकता पार्टी
लोक कल्याणकारी जनता पार्टी नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माले–जनसमाजवादी)
मधेश तराई फोरम
देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
लिवरल डेमोक्रेटिक पार्टी
नेपाल आमा पार्टी
राष्ट्रिय जनता दल नेपाल
नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी
पिछडावर्ग निषाद दलित जनजाती पार्टी
यूवा शक्ति नेपाल पार्टी
जनसमाजवादी पार्टी, नेपाल
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)

जिल्लामा दर्ता नभई केन्द्रमा मात्र दर्ता भएका दलहरु : 

नेपाल नौलो जनवादी पार्टी
राष्ट्रिय एकता मञ्च
श्रमिक जनता पार्टी–नेपाल
नेपालवाद
नयाँ संघीयता जनधारणा पार्टी
राष्ट्रिय नागरिक पार्टी
नेपाः राष्ट्रिय पार्टी

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved