प्रचण्डजी खुट्टा नकमाउनुहोस्, मधेशका जनताले निर्वाचन चाहेका छन् : पासवान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 01:17:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुजन शक्ति पार्टीका अध्यक्ष तथा अम्वेदकरवादी नेता विश्वेन्द्र पासवानले निर्वाचनमा भाग लिने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका हुन्।

अध्यक्ष पासवानले भने,‘मधेश आन्दोलनमा मानिसलाई मरिदेउ, तिमीलाई ५० लाख दिन्छु भनेर आह्वान गर्दा कसैको हित हुँदैन र भएन पनि, मर्नेको सपना साकार भएको छैन, यो राजनीतिक चरित्र पनि होईन, प्राप्त उपलब्धिहरू संस्थागत गर्नको लागि निर्वाचनको खाँचो छ, संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष निर्वाचन हो, यसलाई कुनैपनि हालतमा सफल बनाउनुपर्छ।’

पूर्वमन्त्री समेत रहेका नेता पासवानले अघि थपे,‘अहिले संविधान संशोधनको आवश्यकता थिएन्, हामी विपक्षमा भएपनि संविधान कार्यान्वयनको लागि हामी निर्वाचनमा जान्छौँ, सबै पक्षसँग गरिएको सहमति सहकार्यलाई प्राथमिकतामा राखेर दलित, ओविसि पीछडावर्ग र मुस्लिम समुदायको हकअधिकारको ग्यारेण्टी संविधानमा आरक्षण व्यवस्थाद्धारा सम्बोधन गर्नुपर्छ, यसले मुलुकको हित गर्छ, अर्कोतर्फ सबै खाले विभेदलाई समाप्त गर्दै घरबार विहीन मुसहर, चमार, दुसाद, खत्वेतत्मा लगायतका दलितको घरबार विहीन बनाउने भूमाफियाहरू लागिरहेका छन्, हामी यसको बिरुद्धमा छौ, सरकारले यस्ता भूमाफियाहरूलाई कारबाही गर्नुपर्छ, हामी साथ दिन्छौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुट्टा नकमाउन आग्रह गर्दै उनले भने,‘मधेशमा पनि निर्वाचन हुन्छ, मधेशका जनताले निर्वाचन चाहेका छन्, सरकारले तोकिएको समयमा भयरहित निवार्चनको वातावरण बनाउनुपर्छ, पहिलोपटक सम्भव भएन भने प्रेदेश नम्बर १, २, ५ र ७ नम्बर प्रदेशमा पर्ने तराईका जिल्लामा दोस्रो चरणमा भएपनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ।’

उनले फरक प्रसँगमा भारत र चिन नेपालको असल मित्र राष्ट्र भएको बताउँदै भने,‘सबैको हित नै समयको माग हो।’

त्यस्तै उनले शुक्लाफाँटा बन्यजन्तु आरक्षणबाट कैलाली कञ्चनपुरका नागरिकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। सरकारले पीडितहरुका माग तत्काल पुरा गर्नुपर्छ भन्नेमा उनले जोड दिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved