फेरी देखियो बर्डफ्लुको संक्रमण, शनिबार मात्रै ५ सय बढी कुखुरा नष्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 12:23:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कास्कीको पोखरामा पुन: बर्ड फ्लुको संक्रमण देखिएको छ । पोखरा १८ खाल्टे मसिनाकै शुभकामना टोलमा  स्थानीय दिपेन्द्र केसीले पालेको कुखुरामा बर्ड फ्लु देखिएको हो । एक हप्ता अघि पनि मसिना टोलकी मीना परियारको घरमा पालेको कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएको थियो । 

पशु सेवा कार्यालयके पहिले देखिएको स्थानमा निरन्तर अनुगमन गरेर शंकास्पद कुखुरालाई परीक्षणका लागि विभागमा पठाउने क्रममा पुन: बर्ड फ्लु भेटिएको हो । 

निरन्तर वर्ड फ्लूको संक्रमण देखिएपछि पोखराको १ देखि १८ नम्बर वडामा फागुन भरी पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसार पसारमा प्रतिबन्ध लगाईएको छ।

 पशु सेवा कार्यालयले शनिबार मात्रै ८८ वटा हाँस, ५ सय ७१ वटा ब्रोइलर कुखुरा, ३ सय ५६ वटा स्थानीय कुखुरा, २ सय ५५ वटा अण्डा, १ सय १९ केजी दाना, ६ बोरा सुली र ११ केजी मासु नष्ट गरिएको बताएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved