प्रहरीले गर्यो ३३ किलो सुनकाण्डको पर्दाफास, हेर्नुस कसले मगाउथ्यो ? को को संलग्न ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 03:06:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका भनिएका ३० जनाको नाम सार्बजनिक गरेको छ । प्रहरीले सार्बजनिक गरेको सुचीमा विदेशमा बस्ने नेपाली पनि छन्। प्रहरीले जनाए अनुसार युएईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ पर्न बाँकी छ । 

सुन तस्करीका नाइके भनिएका हरिशरण खड्का पनि युएईमै भएको प्रहरीको दाबी छ। युएई मै रहेका ध्रुब, रोशन गुप्ता भुसाल, कृष्णगोपाल अग्रवाल, राजनप्रसाद पन्त, अर्जुनप्रसाद खरेल, चूडामणि उप्रेती, केशव चापागाई, सञ्चय भनिने दुर्गाप्रसाद खरेल र गोपाल भुसाल खड्काका सहयोगी हुन् ।

युएईबाट सेटिंग मिलाएर पठाईएको सुन नेपालमा रहेका सन्तोष काफ्ले, गोपाल शाही ,दिलबन्धु थापा, रामहरी कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धीमान खरेलले सम्बन्धित स्थानमा पुर्याउने गरेका थिए । त्यस्मा निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदीले भरियाको रुपमा सहयोग गर्दै आएको खुलेको छ  ।

विमानस्थलमा श्रीनारायण यादव र एसएसपी श्यामबहादुर खत्री, राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रदुम्नहरी श्रेष्ठ संलग्न रहेको प्रहरी अनुसन्धानले देखएको छ । 

सुन राजेन्द्रकुमार शाक्य, मालिका बज्राचार्य शाक्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल भालचन्द्र र प्रमोद श्रेष्ठ लगायतले मगाउने गरेको खुलेको छ ।  रवि राजेश बोगटी, शनि श्रेष्ठ ,  गीता श्रेष्ठ ,  मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ पनि तस्करीमा संलग्न रहेको प्रहरीले बताएको छ ।

 प्रहरीले हालसम्म १२ जनालाई मात्र पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा एसएसपी श्याम खत्री,  गोपाल शाही , सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की, मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ छन् । 

सिआइबीले पक्राउ गरिएकाहरु विरुद्ध सगंठित अपराध निवारण ऐन, २०७० अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved