सरकारद्वारा स्थानीय तहको संख्या थप गर्ने निर्णय, हेर्नुस कहाँ कति थपियो ?  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 08:12:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बसेको मन्त्रिपरिषदको बैठक सम्मन्न भएको छ। आइतबार सांझ सिंह दरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ। 

बैठकले स्थानीय तहको संख्या ७१९ बाट थप गरि ७४४ बनाउने निर्णय गरेको छ। त्यस्तै मन्त्रि स्तरीय कार्यदलले तयार पारेको प्रतिबेदन सरकारलाई बुझाइएको छ। 

अबेर गरि बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर दुईमा २१ स्थानीय तह , काठमाडौंमा दुई तथा मनाङ र बझाङमा एक/एक स्थानीय तह गरि कुल २४ स्थानीय तह थप गर्ने निर्णय गरेको छ। 

बैठकले विशेष गरी मधेशको दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप गरेको हो । बैठकले नुवाकोटमा जिल्ला प्राविधिक समितिले सिफारिस गरेकै स्थानीय तहलाई मान्यता दिएको छ भने खोटाङमा आयोगले गरेको सिफारिसलाई नै मान्यता दिएको छ । त्यसैगरी मनाङमा एक स्थानीय तह थप गर्ने र बझाङ्को काँडा गाबिसलाई छुट्टै स्थानीय तह बनाउने निर्णय गरेको छ ।

राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या र संरचनाबारे आवश्यक निर्णय लिन सकिने पनि बैठकले निर्णय गरेको छ । बैठकले निर्वाचनको तयारी गम्भीर रुपमा अगाडि बढिरहेको सन्दर्भमा सरकारी कर्मचारीलाई बन्द, हड्ताल र सरकारी काममा कुनै पनि अवरोध नगर्न निर्देशन दिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डले जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved